कोभिड प्रतिकार्यका लागि स्थानीयतहलाई स्वास्थ्य सामग्री

प्लान इन्टरनेशनलको आर्थिक सहयोग र पेस नेपालको साँझेदारीमा जुम्लाका स्थानीयतहलाइ स्वास्थ्य सामागी प्रदान गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति मार्फत स्थानीयतहलाइ स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
कोभिड १९ रोकथाम,न्युनिकरण र प्रतिकार्यका लागि स्थानीयतह र जिल्लामा सञ्चालित आइसोलेसन केन्द्र र अस्पताललाइ जिल्ला विपद व्यवस्थापन समिति मार्फत स्वास्थ्य सामाग्री प्रदान गरिएको पेस नेपालका कार्यक्रम संयोजक हेमराज भट्टले जानकारी दिए । स्थानीयतह, आइसोलेसन केन्द्र र अस्पताललाई गरेर १४ प्रकारको स्वास्थ्य सामाग्री दिइएको हो । कुल १९ लाख १५ हजार ७ सय ७८ रुपैँया बराबरको स्वास्थ्य सामाग्र दिइएको हो ।
पाँच लिटरको अक्सिजन कन्सीन्ट्रेटर ७ पिस,सर्जिकल मास्क ४६ हजार ६ सय १० पिस,५ सय एमएलको हेण्ड सेनिटाइजर ६ सय ३० बोत्तल,फुल पिपिइ सेट ४सय ३८ पिस,२ सय एमएलको हेण्ड वास लिक्वीड २ सय ५५ पिस,सर्जिकल ग्लोभ्स १२ पिस,ग्लोभ्स पेयर १ हजार १ सय,एननाइन्टी फाइभ मास्क २ सय ५० पिस दिइएको हो । यसैगरी फेस शिल्ड १ सय २५ सेट,सेफ्टी गोगल्स १ सय २५ सेट,हेभी डयुटी ग्लोभ्स १ हजार थान,४० लिटरको अक्सिजन सिलिण्डिर १२ पिस,स्पोट चेकपल्स अक्सिमिटर ६० थान र एनटीजेन किट ५ सय पिस प्रदान गरिएको संयोजक भट्टले जानकारी दिए ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा,प्रमुख जिल्ल्ला अधिकारी बिजयकुमारी प्रसाई,सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइँ,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. राजिव शाह,पेस नेपालका अध्यक्ष किशोर न्यौपाने, कार्यक्रम संयोजक हेमराज भट्ट लगायतको उपस्थितीमा स्वास्थ्य सामाग्री दिइएको थियो ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले स्वास्थ्य सामाग्रीको सही सदुपयोग गर्नु पर्नेमा जोड दिए । उनले आइसोलेसन केन्द्र, कोभिड अस्पताल र अस्पतालका लागि प्रदान गरिएको स्वास्थ्य सामाग्रीको सदुपयोगले मात्र कोरोना संक्रमण कम गर्न सकिनेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी पर्साइले कोभिड संकटको बेला दाताले गरेको सहयोग अतुलनीय रहेको बताइन । आगामी दिनमा पनि सधैँ सहयोगको अपेक्षा गरेको बताइन ।

 

सम्बन्धित शीर्षक