यी हुन होटलबाट ३७ हजार नगदसहित पक्राउ पर्ने जुवाडे

सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरको एक होटलबाट ६ जना जुवाडेलाई पक्राउ गरेको छ । वीरेन्द्रनगरमा रहेको पवन होटलमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरीले ३७ हजार नगदसहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–३ रेडियो नेपालका ४८ वर्षीय कर्णबहादुर शाही, सोही ठाउँका ३८ वर्षीय ओम खड्का वीरेन्द्रनगर–४ भैरवस्थानका ३० वर्षीय खगेन्द्र शाही, वीरेन्द्रनगर–५ चिसापानीका ३६ वर्षीय सुरज गरञ्जामगर, सोही ठाउँका ४१ वर्षीय शेरबहादु खत्री, दैलेख चामुन्डाबिन्द्रासैनी नगरपालिका हाल वीरेन्द्रनगर ६ मा पवन होटल सञ्चालन गर्दै आएका सञ्चालक ४१ वर्षीय इन्द्रबहादुर खड्का रहेको सुर्खेत प्रहरीले जनाएको छ । प्रहरीले वीरेन्द्रनगरको फलाटे र न्यूरोडबाट पक्राउ परेका जुवाडेहरुको नाम भने सार्वजनिक गरेको छ ।

सम्बन्धित शीर्षक