प्रदेश राजधानी नै असुरक्षित बनैकै हो त ! समसाँझै लुटपाट, दुर्घटना दिनहुँ

सुर्खेत । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । राजधानीमा सुरक्षाका चारवटै निकायहरुको उल्लख्य उपस्थिति भएको ठाउँ हो । नेपाली सेना बाहेक अन्य तीन सुरक्षा निकायमध्य नेपाल प्रहरी र सशस्त्र प्रहरी पोशाकसहित तथा सादा पोशाकका प्रहरीहरु पनि अनेत्रभन्दा बढी परिचालन गरिएको छ । यसका अलवा राष्ट्रिय अनुसन्धानका गुप्तचर पनि वीरेन्द्रनगरमा उत्तिकै संख्यामा खटिएका छन् । तर प्रदेश राजधानी वीरेन्द्रनगमा लुटपाट, हत्या र सवारी दुर्घटना रोक्नमा सुरक्षा निकाय असफल प्रायः बनेका छन् ।


पछिल्लो पटक प्रहरी कार्यालयदेखी झण्डै पाँच सयको दुरीमा रहेको कालुञ्चौकमा समसाँझै खुडा प्रहारको घटना भयो । त्यस लगत्तै सोमबार साँझ वीरेन्द्रनगरको व्यस्त मार्ग हटलाइन सडक खण्डका रातो पुल नजिकै एक युवा लटिए । गएको भाद्र ३० गते बुधबार विहान मात्रै रेडियो नेपाल चौकमा जुम्ला जाँदै गरेको फोर्स गाडी दुर्घटना भयो । यो दुर्घटनामा केही यात्रु घाइते भए तर मानविय क्षती भने हुन पाएन् । रेडियो नेपाल चौकमा दुर्घटना भएको केही बेरमा चाइनापुल नजिकै दुई मोटरसाईकल एकआपसमा ठोक्कीँदा दुर्घटना भयो ।

सुरक्षाकर्मीको बाक्लो निगरानी भएको वीरेन्द्रनगरमा एकपछि अर्को घटना दिनहुँ भइरहेका छन् । तर सुरक्षाकर्मीको कमजोर उपस्थितिको फाइदा उठाउँदै अपराधिक गतिविधिहरु उल्लेख्य रुपमा बढेको स्थानीय बताउँछन् । ‘भारतबाट कमाइ गरेर सोमबार साँझ भैरवस्थान भाउजुको घर जाँदै थिए, एक्काशी ममाथि कुटपिट र लुटपाट भयो,’ दैलेख आठविस नगरपालिका–९ छेपारीका हस्त सिँजापतिले भने, ‘निर्धक्क रुपमा हिडडुल गर्ने वातावरण सुर्खेतमा रहेन्छ । एक्काशी युवाहरुले ज्यान लिने उदेश्यले ममाथि आक्रमण भयो । प्रहरी कार्यालयमा निवदेन दिँदा पनि न्याय पाउन सकेको छैन् ।’

सिँजापति लुटिएपछि मंगलबार जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएका छन् । प्रहरीले हामी खोज्छौं तपाइँ जानुस् भनेर प्रहरीले फिर्ता पठाइदिएको उनको भनाई छ । सिँजापतिको साथबाट मोबाईल, ११ हजार दुईसय नगदसहित पर्स, घडी, चस्मा त लिएनै आफूमाथि कुटपिट समेत भएको उनी बताउँछन् । ‘रातो पुलदेखी पश्चिमतर्फको पीपल चौतारीमा एक्काशी आक्रमण भयो, पछि बाटोमा आइरहेका स्थानीयले लखेटेपछि उनीहरु भगे,’ सिँजापति भन्छन्, ‘प्रदेश राजधानीमै समसाँझै लुटिए, कुटाइ खाए तर सुनुवाइ कहिकतैबाट भएन् ।’

वीरेन्द्रनगरमा भइरहेको अधिकाँश घटनाहरु रोक्नमा कुनै कसर बाँकी नराखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाही बताउँछन् । ‘प्रदेश राजधानीमा जनघनत्व बढ्दै जाँदा अपराधिक घटनाहरु पनि बढिरहेको स्वभाविक हो,’ शाही भन्छन्, ‘नागरिकहरुको जिउधनको सुरक्षा गर्नमा प्रहरीले कुनै कसर बाँकी रहेको छैन् । हामी गम्भीर भएर लागेका छौं ।’

बजार क्षेत्रमा प्रायः चोरी घटना रोकिएको बताउँदै शाहीले भने, ‘बजार क्षेत्रभन्दा बाहिर प्रहरी पुग्न केही ढिला हुन्छ । तर पनि लुटपाट, हत्या, चोरीका घटना रोक्नमा प्रहरी कटिवद्ध छ ।’ शाहीकाअनुसार रत्न राजमार्गको यरिचौक–बाँगेशीमल सडक खण्डको मुलपानी र रेडियो नेपाल क्षेत्रमा पैदल गस्ती खटाइएको छ ।

सम्बन्धित शीर्षक