कर्णाली प्रदेशमा खाद्यबाली उत्पादनमा वृद्धि

प्रतिवेदन अनुसार विगतका वर्षको तुलनामा धानबालीको उत्पादन तीन दशमलव ८१ प्रतिशतले बढेको छ । मकै र कोदोबाली १७ दशमलव ४५ प्रतिशतले उत्पादन बढेको छ । प्रदेशमा तरकारी उत्पादन भने घटेको अध्ययनले जनाएको छ । तरकारी उत्पादनामा दुई दशमलव २६ प्रतिशतले गिरावट आएको हो । गत वर्ष सोही अवधिमा तरकारी उत्पादन २५ प्रतिशतले बढेको पाइएको थियो । तरकारी उत्पादन सबैभन्दा बढी सल्यानमा र कम उत्पादन हुम्लामा भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, पशुजन्य उत्पादन मासु, माछा र अण्डामा वृद्धि भएको छ । दुग्धजन्य उत्पादन भने घटेको छ । दुग्धजन्य उत्पादनमा शून्य दशमलव ६९ प्रतिशतले कर्मी आएको हो । कोरोना . महामारीबाट सिर्जित बन्दाबन्दी तथा निषेधाज्ञाका कारण तरकारी र दुग्धजन्य पदार्थको उत्पादनमा कमी आएको अध्ययनको निष्कर्ष छ ।

नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमुख विनय सिग्देलले कोरोना महामारीले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको देखिएको बताए । उनका अनुसार कर्णालीमा पर्यटक आवागमनको संख्या ९४ दशमलव ९६ प्रतिशतले घटेको छ । पर्यटकस्तरीय होटल तथा लजको संख्या ६ दशमलव ४३ प्रतिशतले घटे पनि उनले बताए । आर्थिक वर्ष २०७६/७७ को चैतदेखि २०७८/७९ को भदौसम्म कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको अवलम्बन पटक-पटकको बन्दाबन्दीले प्रादेशिक अर्थतन्त्रमा संकुचन ल्याएको अध्ययन प्रतिवेदनले औंल्याएको छ ।

सम्बन्धित शीर्षक