शिक्षा क्याम्पसका गार्डमाथि ढुंगाले हानेर आक्रमण

  ।   ३१ भाद्र २०७८, बिहीबार १९:३७

सुर्खेत । सुर्खेत क्याम्पस (शिक्षा) का गार्ड विर्खबहादुर रावत माथि गएराती आक्रमण भएको छ । क्याम्पसको सुरक्षार्थ खटिएका रावतमाथि अज्ञात व्यक्तिहरुले आक्रमण गरेर घाइते बनाएका हुन् । बुधबार राती ९ बजेतिर रावतमाथि अज्ञात समुहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

‘उहाँमाथि ढुंगाले हानेर आक्रमण गरेर व्यक्तिहरु फरार  छन्,’ शाहीले भने, ‘तत्काल प्रहरी क्याम्पस पुगेर घटनामा संलग्नहरुको खोजी गरेपनि फरार भइसकेको थिए । हामीले खोजी रहेका छौं ।’ घटनाको कारणबारे नखुलेको शाहीले बताए । रावतको टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ ।

यता त्रिभुवन विश्वविद्यालय, प्रध्यापक संघ सुर्खेत क्याम्पस शिक्षा सुर्खेतले विज्ञप्ती जारी गरेर घटनाको भत्र्सना गरेको छ । ‘डिउटीमा खटिएको बेला अवाञ्छित तत्वहरुले रावतमाथि आक्रमण गरेर गम्भीर घाइते बनाइएकोमा घोर निन्दा र भत्र्सना गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ, ‘घटनामा संलग्न अपराधीहरुको खोजी गरी यथाशिघ्र कारवाही अघि बढाउन स्थानीय प्रशासन समक्ष माग गर्दर्छौं ।’

Next Post

सल्यानको बनगाडमा बसाइँ सरे राउटे

३१ भाद्र २०७८, बिहीबार १९:३७
सल्यान । कालीमाटी गाउँपालिका–५ काल्चेबाट सुर्खेतको गुर्भाकोट नगरपालिका–१ सिमसारमा बस्ती सारेको एक महिना नबित्दै लोपोन्मुख राउटे समुदाय फेरि सल्यानमा फर्केका छन् । उनीहरू सल्यानको बन्गाडकुपिण्डे नगरपालिका–११ स्थित भेरी नदी किनारमा बसाइँ सरेका हुन् । कालीमाटी गाउँपालिका–५ काल्चेडाँडामा बस्दै आएको समयमा चार जनाको मृत्यु भएपछि गुर्भाकोटमा बस्ती सारेका थिए । लामो समय दैलेखको गुराँस गाउँपालिकामा […]