दैलेख : आमा/छोरा सँगै परीक्षामा

  ।   ३१ भाद्र २०७८, बिहीबार १९:२२

दैलेख । बुधबारदेखि देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा यहाँ आमा र छोरा पनि सहभागी भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले दुबैलाई परीक्षामा सामेल हुन अवसर जुटेको हो ।

जिल्लाको नारायण नगरपालिका–११ बिन्ध्याबासिनीस्थित रैनादेवी माध्यमिक विद्यालयबाट परीक्षाको पहिलो दिन छत्तीस वर्षीया टीकाकुमारी भण्डारी र १८ वर्षीय उनका छोरा दिनेशले परीक्षा दिएका विद्यालयका शिक्षक प्रेमबहादुर विष्टले बताए ।

बुधबारदेखि परीक्षा सुरु भएपछि पढाइको चटारो भएको छ जसरी पनि परीक्षामा राम्रो नतिजा ल्याएर कक्षा १२ पास हुने धोको भएकाे टीकाकुमारीले बताइन् । उनले भनिन् ”पढ्नलाई उमेरले छेक्दैन भन्ने उखान चरितार्थ गर्दै यस माविमा आफूले छोरासँगै परीक्षा दिन लागेकी हुँ”।

Next Post

नेपाल टेलिकमकाे रिङ टोनमा कोरोनासम्बन्धी जानकारी हटेर जनगणनाको सुरु

३१ भाद्र २०७८, बिहीबार १९:२२
काठमाडौं । नेपाल टेलिकमले नमस्ते सिम प्रयोगकर्ताका लागि रिङ ब्याक टोनु परिवर्तन गरेको छ। यसअघि कोरोनासम्बन्धी जानकारी दिने टेलिकमले अब भने जनगणनासम्बन्धी जानकारी दिन थालेको हो। राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्नका लागि टेलिकममार्फत जानकारीमूलक सन्देश बजाउन थालिएको केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले जानकारी दिए। स्वदेश वा विदेशका जुनसुकै […]