सुर्खेतमा नक्कली नोटको बिगबिगी

सुर्खेत । सुर्खेतको वीेरेन्द्रनगरमा नक्कलि रुपैयाँको बिगबिगी बढेको पाइएको छ । चार्डपर्व नजिकिदै गर्दा नेपाली एक हजार नक्कलि नोटको बिगबिगी बढेको पाईएको हो ।

वीरेन्द्रनगर–४ चन्द्रमान चौकमा रहेको दिलमाया सोडारीको तरकारी पसलमा बुधबार बेलुका तरकारी बेच्दा नक्कलि नोट फेला परेको हो । साझ ८ बजेको समयमा एउटा मोटरसाइकलमा आएका दुईजना अपरिचित व्यक्तीहरुले आफ्नो पसलबाट उनीहरु फलफूल, तरकारी लगायतका सामग्री किनेर पैसा दिदाँ नक्कलि नोट दिएको दिलमायाले बताइन् ।

उनले भनिन् ‘उनीहरुले समानको मलाई एक हजारको नयाँ नोट दिए । अलि अँध्यारो समय थियो । सामग्रीको मूल्य कटाएर बाँकी रकम उनले फिर्ता गरे । तर, बिहाना रूपैयाँ हेर्दा उक्त नोट नक्कलि रहेको थाहा भयो ।’

त्यस्तै वीरेन्द्रनगर–१ बाँङ्गेसिलका दीलिप शाही केही दिन अघि बजारमा सपिङ गरेर बजारबाट घर फर्किए । घर गएर उनले आफूसँग भएको रकम गन्दा एक हजारको नक्कली नोट भेटियो बताए । उनले त्यो नोट कोमार्फत आफूसँग आयो भन्ने पत्तो पाएनन् ।

यता, प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले नक्कली नोटको बारेमा जानकारी आएकाले अनुसन्धान गरिरहेको बताए । ‘नोट कहाँबाट र कसरी आयो भन्ने बारेमा हामीले गहिरो अनुसन्धान गरिरहेका छौँ,’ उनले भने ।

सम्बन्धित शीर्षक