नगरपालिका भित्रैका स्वास्थ्य चौकी भाडामा

गणेश रावत,
जुम्लाको चन्दननाथ नगरपालिका भित्र रहेका स्वाथ्यचौकीका आफ्ना भवन छैनन । भवन नहुँदा भाडामा बस्नु परिरहेको छ । नगरपालिका भित्र३ वटा स्वास्थ्यचौकी,१ सहरी स्वास्थ्य केन्द्र र ५ वटा वडा आधारभुत स्वास्थ्य केन्द्र छन ।
यी स्वास्थ्यसंस्थाको आफ्नो भवन छैनन ।

प्रयाप्त मात्रमा स्वास्थ्य संस्थाको नाममा जग्गा नभएकोले भवन बनाउन नसकिएको सहरी स्वास्थ्य केन्द्र प्रमुख जानकी महतले जानकारी दिइन । उनले भनिन्,‘अहिले सबै स्वास्थ्य संस्था भाडाका घरमा छन ।’
चालु आर्थिक बर्षमा सबै स्वास्थ्य संस्थाको एउटै माग थियो ।

अब आफ्नै भवन हुनु पर्छ । भवन नहुँदा भाडाको घरबाट स्वास्थ्य सेवा दिन निकै कठिन भएको स्वास्थ्यकर्मीहरु बताउँछन । सरकारले तोके बमोजिमको स्वास्थ्य केन्द्रमा भवन छैनन । नगरप्रमुख कान्तिका सेजुवाल आफ्नै भवन नहुँदा स्वास्थ्य सेवा प्रवाहमा कठिन भइरहेको बताउँछन । उनले भनिन्,‘अबको दिनमा स्वास्थ्यसंस्थाका भवन निर्माण गर्न नगरपालिकाले साथ दिनेछ । ’

नगरपालिका भित्रका स्वास्थ्यसंस्थामा दरबन्दी अनुसारका कर्मचारी पनि छैनन । तर अभावै अभावका बीच पनि प्रभावकारी सेवा प्रवाह भइरहेको उनले बताइन । मानिसको स्वास्थ्य संग जोडिएको स्वास्थ्यसंस्थामा आफ्नै भौतिक संरचना नहुनु दुखद भएको नगरबासी बताउँछन ।

सम्बन्धित शीर्षक