सुर्खेतसहित चार जिल्लाकाे विद्युत अवरूद्ध

सुर्खेत । सुर्खेतसहित चार जिल्लाकाे विद्युत सेवा मंगलबार दिउँसाेबाट अवरूद्ध भएकाे छ । काेहलपुर-सुर्खेत प्रशारण लाइनकाे कल्यान-धुलियाविट खण्डमा विद्युत सेवा अवरूद्ध भएकाे हाे । विद्युत सेवा अवरूद्ध भएकाे क्षेत्रकाे समेत पहिचान नभएकाे नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले जनाएकाे छ ।

‘कल्यानसम्म वत्ती लागेकाे छ, त्यहाँदेखी धुलियाविट क्षेत्रमा समस्या भएकाे देखियाे,’ केन्द्र सुर्खेतका प्रमुख टंकराज गिरीले भने, ‘धुलियाविट र कल्यानतर्फबाट दुइ टाेली विग्रिएकाे ठाउँ पत्ता लगाउन परिचालन गरिएकाे छ । सामान्य समस्या भए तत्कालै विद्युत सुचारू हुन्छ, ठूलै समस्या भए केही समय लाग्ला ।’ विद्युत अवरूद्धहुँदा सुर्खेत, दैलेख, कालिकाेट र जुम्ला जिल्ला प्रभावित बनेकाे छ ।

सम्बन्धित शीर्षक