जाजरकाेटमा जीप दुर्घटना दुइ जनाकाे मृत्यु

  ।   २९ भाद्र २०७८, मंगलवार १८:१५

सुर्खेत । जाजरकाेटमा  जीप दुर्घटनामा भएकाे छ । खाराबाट कालिमाटीतर्फ जाँदै गरेकाे भे १ क ९८७ नम्बकाे जीप नलगाड नगरपालिका-५  खारा-गेरेनी सडक खण्डकाे गेरेनीमा दुर्घटना भएकाे हाे ।

दुर्घटनामा दुइ जनाकाे मृत्यु भएकाे छ भने ६ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटका प्रमुख मधुकुमार थापाले जानकारी दिए । मृत्यु हुनेमा नलगाड नगरपालिका-२ का ३५ वर्षीय शान्ति राेकाय र जुम्ला घर भइ जडीवुटीकाे काम गर्ने मंगल महतराकाे घटनास्थलमै मृत्यु भएकाे थापाले बताए ।

मृत्यु भएकी महिलालाई जीपको झ्यालको सिसाले टाउको काटेको छ भने नाम नखुलेका पुरुषलाई गाडीले किचेको छ । घाईतेको इलाका स्वास्थ्य कार्यालय दल्लीमा उपचार भैरहेको छ । घाइतेमध्य चार जनाको अवस्था गम्भीर रहेको थापाले बताए ।

गाडीको व्रेक फेलहुँदा खाल्डा खुल्डी र भिरालो सडकमा तीन चार पटक गाडी पल्टिएर दुर्घटना भएको प्रहरी प्रमुख थापाको भनाई छ । यो कच्चि सडक गत बर्ष मात्र संचालनमा आएको हो । घटना स्थल सदरमुकाम खलंगादेखि ४५ किलोमिटरको दुरीमा पर्छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Next Post

पोलहरुमा जडान गरिएका अनावश्यक तार सात भित्र हटाउन निर्देशन

२९ भाद्र २०७८, मंगलवार १८:१५
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विद्युतका पोलहरुमा अनावश्यक रुपमा तानिएका तारहरुले शहरको सौन्दर्यता नै क्रुप बनाएको छ । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमका पोलहरुमा अनावश्यक रुपमा तानिएका तारका कारण शहरको सौन्दर्यता क्रुप बनेको भन्दै स्थानीय प्रशासनले सात दिनभित्र हटाउन निर्देशन दिएको छ । इन्टरनेट तथा केबुल नेटवर्कको लाइन व्यवस्थापन […]