कालीमार्सी धान, जुम्लाको सान

  ।   २८ भाद्र २०७८, सोमबार १९:१३

गणेश रावत,

जुम्लाको पहिचान बनेको कालीमार्सी धानको बजार भाउ वढ्दो छ । जुम्ली किसानले यसको खेती गर्दै आएका छन् ।अहिले जुम्लामा कुल २९ सय हेक्टरमा धान खेती हुने गरेको छ । १ हजार ६सय हेक्टर मा कालीमार्सी धानको खेती हुने गरेको किसान जगत वहादुर रोकायले बताउनु भयो ।

१३सय हेक्टर क्षेत्रफलमा उन्नत जातको धान लगाइन्छ । बजारमा यसको मुल्य प्रतिकेजी १सय २रूपैँया तोकेको छ । जुम्लामै चामलको मुल्य १सय ५० रूपैँया छ । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले जुम्लाको कालीमार्सी धानलाई ब्राण्डका रूपमा स्थापित गरेको हो ।

बजारमा कालीमार्सी धानको भाउ धेरै भएकोले कालीमार्सी धानमा किसान आर्कषित भएको कृषि विकास कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो । गत वर्ष जुम्लाबाट १५ टन कालीमार्सी चामल क्यानडा निर्यात भएको थियो ।

Next Post

प्रधानमन्त्री रोजगार कार्यक्रममा शून्य बजेट

२८ भाद्र २०७८, सोमबार १९:१३
जुम्लाको तातोपानी गाउँपालिकामा सुचिकृत बेरोजगारको संख्या दुइ जनामा मात्र छ। दुई जनाको लागि चालु आर्थिक वर्षको बजेट एक लाख एक हजार रुपैयाँ मात्र आएको छ। नेपाल सरकारबाट एक हजार रुपैयाँ र आइडिएबाट एक लाख रुपैयाँ मात्र विनियोजन भएको हो। सरकारले गत फागुन र चैत महिना भित्र इएमआइएस भरिसक्नु पर्ने गरी […]