स्वास्थ्य शाखा जुम्लाले प्रगति समीक्षा गोष्ठी आर्थिक वर्ष २०७७/0७८ आज समापन

गणेश रावत,

स्वास्थ्य शाखा जुम्ला ले पालिका स्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठी आर्थिक वर्ष २०७७र७८ आज समापन गरेको छ । चन्दननाथ नगरपालिका स्थित पैवा होटलमा दुई दिने कार्यक्रम आज समान भयको हो । चन्दननाथ नगरपालिका भित्र रहेका स्वास्थ्य चौकी को वार्षिक समिक्षा प्रगति आज प्रदर्शन गरीएको हो ।

नगरपालिका भित्र ३वटा स्वास्थ्य चौकी, १सहरी स्वास्थ्य केन्द्र ५वडा आधारभुत स्वास्थ्य केन्द्र रहेका छन् ।०७७र०७८ आर्थिक वर्ष भरी गरीएको काम डाटा सहित प्रदर्शन गरेको स्वास्थ्य शाखा प्रमुख पृथ्वी नाथ यैगीले वताउनु भयो । उहाँका अनुसार वर्षा भरिगरीयको कामको डाटा सबै स्वास्थ्य शाखा ले सङकलन गरेर प्रदेश मा बुझाउने वताउनु भयो । अर्को वर्ष त्यहि डाटा अनुसार वजेट बिनियोजन हुने वताएका छन् ।

सबै भन्दा अहिले सबै स्वास्थ्य चौकी मा भवनको अभाव भएको कार्तिकस्वाम स्वास्थ्य चौकी का जनस्वास्थ्य निरिक्षक गोपाल गिरीले वताउनु भयो । पहिले त स्वास्थ्य चौकी को भवन निर्माण हुन खाचो रहेको वताउनु भयो । अहिले सबै भाँडामा बस्दै आएको वताएका छन्।

काकार्यक्रम विच बोल्दै पहिलेको भन्दा अहिले को यो ०७७र७८मा स्वास्थ चौकी ले सेवा राम्रो दिदै गयको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल ले बताउनु भयो । उहाँले सबै स्वास्थ्य कर्मीहरु लाई सहकार्य गरेर अगाडि बढ्न आग्रह गर्नु भयो ।

सम्बन्धित शीर्षक