प्रदेश लोक सेवा आयोगकाे प्रथम वार्षिक प्रतिवेदन पेश

सुर्खेत । प्रदेश लोक सेवा आयोगले आर्थिक वर्ष २०७७र०७८ प्रथम वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगले कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष प्रतिवेदन पेश गरेको हो । प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा प्रदेश लोक सेवा आयोगका सदस्य भक्तबहादुर खड्का, आयोगका सचिव आनन्द सारू, प्रदेश प्रमुखको कार्यालयका सचिव ठाकुर प्रसाद सिग्देल र अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षक