बर्दियामा अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवश मनाइयो

  ।   २६ भाद्र २०७८, शनिबार ०७:०६

बर्दिया । जिल्लाको राजापुर नगरपालिका- ८ ललितपुरमा अन्तर्राष्ट्रिय गिद्ध दिवश मनाईएको छ । पंक्षी संरक्षण नेपाल र राष्ट्रिय प्रकृती संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमको आर्थिक सहयोगमा सरोकालवालाहरुको सहभागितामा दिवस मनाइएकाे हाे ।

हरेक वर्ष सेप्टम्बर ७ तारिका दिन अन्तर्राष्ट्रिय गिद्ध दिवश मनाउने गरिन्छ । सोहि अनुसार यस बर्ष बर्दिया जिल्लाको राजापुरमा यो दिवश मनाइएको बर्दिया प्रकृति संरक्षण क्लबका सचिब रामजान चौधरीले जानकारी दिए । बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष राम बहादुर शाहीले गिद्धहरु प्रकृतिका शक्तिशालि र मेहनति प्राणिको रुपमा चिनिने पंक्षि रहेको जानकारी गराए । हाल गिद्धहरु क्रमिक रुपमा लोप हुदै गएकोमा यसको संरक्षणमा सबै एकजुट भएर लाग्न उनकाे अनुरोध छ ।

क्लवका सचिव चौधरीले मानवहरुले आफ्नो लाभको लागि किसानहरुले पशुहरुको उपचारको क्रममा प्रयोग गरिने औषधिका कारण गिद्धहरुको अस्तित्व संकटमा परेको बताए । सयौ वर्ष पहिले भारत, नेपाल, पाकिस्तान र भुटानमा पाँच लाख बढीकाे संख्यामा रहेको गिद्ध सन २००० सम्म करिब तीन हजार दुइ सयको हाराहारीमा रहेको चौधरीले जानकारी दिए ।

प्रकृतिमा गिद्धको निकै आवश्यकता रहेको र गिद्ध विना पारिस्थिति प्रणाली अपूर्ण रहने चौधरीको बुझाई छ । गिद्धको विनासमा प्रमुख त पशु चिकित्सक, डाइक्लोफेनाक सोडियम र मेलोक्सीयम औषधि प्रयोग गर्ने किसानहरु रहेता पनि त्यसको जिम्मेवार हामी सबै रहेको चौधरी बताउँछन् । कार्यक्रममा विशेषत गिद्धको विगत र वर्तमान अवस्था र संरक्षणका उपायबारे छलफल समेत गरिएकाे छ ।

Next Post

खुडा प्रहार घटना : सन्तोषले विनाेद गिरीसहित आठ जना विरुद्ध दिए किटानी

२६ भाद्र २०७८, शनिबार ०७:०६
सुर्खेत । वीरेन्द्रनगरका सन्तोष गिरीमाथि भएको खुडा प्रहार घटनामा किटानी जाहेरी दर्ता भएको छ । पीडित गिरीले वीरेन्द्रनगर–१ का विनोद गिरी मुख्य योजनाकार भएको भन्दै नाम किटान गरेर जाहेरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दिएका हुन् । गिरीले विनोदसहित ८ जनाको नाम किटानी जाहेरीमा उल्लेख गरेका छन् । याे पनि पढ्नुहाेस् : समसाँझै […]