जेसिबीको २० औँ डिलर जुम्लामा


जुम्लामा जेसिबीको २० औँ डिलर खोलिएको छ । यहाँको विकास तीब्र गतिमा गर्ने हेतुले पहिलो पटक जुम्लामै जेसिबीको २० औँ डिलर जुम्लामा खोलिएको हो ।
आइतबार कर्णाली प्रदेश सांसद तथा सार्वजनिक लेखा समितिका सभापति दिनबन्धु श्रेष्ठले एक कार्यक्रमकाबीच डिलरको उद्घाटन गरेका हुन् । उनले जेसिबीको २० औँ डिलर जुम्लामै सञ्चालन हुनु निकै सुखद भएको बताए । उनले भने,‘यहाँ डिलर खोलिदा भौतिक पुर्वाधार विकासले गति लिने अपेक्षा गरिएको छ ।
जुम्लामै मेसिन पाइने भएपछि निर्माण व्यवसायीलाई पनि राहत हुने र मेसिन अभावले विकासका काम नरोकिने उनले बताए । उनले अब कर्णालीको जुम्लामा जेसिबीको डिलर खोलिनुले पनि निकै राम्रो सन्देश जाने बताए ।
एमएडब्लु अर्थ मुर्भस प्रालि अन्तर्गत (जेसिबी) को आधारिक बिक्रेताका रूपमा अंकित जनरल स्टोर तथा सप्लार्यसले कर्णाली प्रदेशको जुम्लामा पहिलो पटक जेसिबीका उपकरण बिक्री सुरु गरेको सप्लायर्सका प्रोप्राइटर तथा शाखा प्रबन्धक सुमन खड्काले बताए ।
उनले भने, ‘ यो डिलरबाट साविक माथिल्लो कर्णालीसहित दैलेख, सुर्खेतसम्म बिक्री गर्ने लक्ष्य छ । संघीयतापछि विकास निर्माणको गति हेर्दा कर्णालीमै जेसिबी लगायत अन्य मेसिन आवश्यक देखियो ।’ ४ करोड रुपैयाँभन्दा बढीको एकल लगानीमा जुम्लामै जेसिबी डिलर सञ्चालन गरिएको खड्काले बताए ।
उनले भने,‘निर्माण व्यवसायीले अब जेसिबी खरिद गर्न टाढा जानु पर्दैन् । कर्णालीको जुम्लामै पाइन्छ । ’ जुम्लामा जेसिबी, ब्याकहोल लोडर, स्काभेटर, हुइल लोडर, रोलर, जेनेरेटरलगायत निर्माण क्षेत्रमा प्रयोग हुने सम्पूर्ण मेसिन सुलभ मूल्यमा बिक्री गरिने बताइएको छ ।

जेसिबी कम्पन्नीका सेल्स म्यानेजर कञ्चन सिलवालले निर्माण क्षेत्रमा प्रयोग हुने ८० प्रतिशत विभिन्न मेसिन जेसिबीले नै उपलब्ध गराउँदै आएको बताए । अब जेसिबी संगै जेसिबी बिग्रेको खण्डमा चाहिने सबै सामान जुम्लामै पाइने भएको हो ।
डिलरमा दुई जना दक्ष इन्जिनीयर सहित ६ जना जनशक्तिकार्यरत रहेका छन् । आवश्यकता अनुसार सबै मोडलका मेसिनहरु अर्डर भएको एक हप्तामा निर्माण स्थलमा पुराउने लक्ष डिलरको छ ।

बाहिरबाट मेसिन भाडामा ल्याउनु पर्ने, विकास खर्च भन्दा मेसिन खर्च बढी दिनुपर्ने बाध्यताबाट कर्णालीका अधिकांश निर्माण व्यवसायी हैरान थिए । भनेकै बेला मेसिन नपाईने पाइएपनि महंगो भाडा लाग्ने समस्या थियो । जसका कारण विकास निर्माणका योजना समयमै सम्पन्न हुन गाह्रो हुन्थ्यो । तर ढिलै भएपनि जुम्लामा जेसिबीको डिलर सञ्चालन हुँदा राहत भएको व्यवसायी राम देवी खड्काले बताइन ।

सम्बन्धित शीर्षक