कर्णाली करिडोर अन्तर्गत सिमकोट-खार्पु सडक खण्ड एक हप्तादेखि अवरुद्ध

हुम्ला। कर्णाली करिडोर अन्तर्गत सिमकोट गाउँपालिकामा पर्ने सिमकोट-खार्पु खण्ड अवरुद्ध भएको छ। स्याम्ने खोलाले सडकलाई क्षति पुर्‍याएको हो। सडक एक हप्तादेखि अवरुद्ध भए पनि सूचारु गर्न पहल गरिएको छैन।

खोला नै सडकमा पसेपछि तीन सय मिटर कटान भएको स्थानीय मानहादुर परियारले बताए। अहिले यो सडकमा गाडी चल्न सकेका छैनन्।

सडक मर्मतमा सिमकोट गाउँपालिका, पूर्वाधार विकास कार्यालय र हिल्सा सिमकोट सडक आयोजनाले ध्यान दिएका छैनन्। सडक अवरुद्ध हुँदा हुम्लाको दक्षिण भेगका पाँचवटा गाउँपालिकाकाका स्थानीयलाई समस्या भएको छ।

सम्बन्धित शीर्षक