जुम्ली महिलाको भरोसा बन्दै जिल्ला सेवा केन्द्र

  ।   २२ माघ २०७७, बिहीबार २०:०३

अल्पकालिन आश्रय सहितको जिल्ला सेवा केन्द्र जुम्ला घरेलु हिंसा तथा यौनजन्य दुव्र्यवहारबाट पीडित महिलाहरुको लागि भरोसा बन्ने गरेको छ । जिल्ला सेवा केन्द्र स्थापना भएपछि घरेलु हिंसा पीडित महिलालाई सहज भएको हो । सेवा केन्द्रमा यो पटक ३७ वटा घटनाहरु आएका थिए ।
गत बर्ष ५३ वटा घटना आएका थिए, जिल्ला सेवा केन्द्रकी प्रमुख लक्ष्मी कार्कीले भनिन्,‘यो आर्थिक बर्षमा केही कम घटना मात्र आएका छन् । तर घरेलु हिंसा भने कम भएको छैन् ।’
उनका अनुसार सबैभन्दा धेरै शारीरिक रुपमा यातना दिने, मानसिक तनाव, कुटपिट जस्ता हिंसा सम्बन्धीा घटनाहरु आउने गर्छन ।
कसैको सहारा नभएका महिलाहरुलाइ यहाँ प्राथमिकताका साथ राखिन्छ । महिलाको अवस्था बुझेर सेवा दिइन्छ । लक्ष्मीले भनिन्,‘यो बर्ष २५ जनालाई पुर्नमिलन गरेर घर पठाइएको छ । ५ जनालाई सहयोगी निकायको सहयोगमा सम्बन्धित निकायमा पठाइएको छ ।’
सुर्खेतबाट जुम्ला पुगेका ४ जना बालबालिकालाई सुर्खेतमै पठाइएको थियो । वेवारिसे अवस्थामा भेटिएकी प्युठानकी महिलालाई सम्बन्धित जिल्लामा पठाइएको जिल्ला सेवा केन्द्र जुम्लाले जनाएको छ । पीडित महिलाहरुलाई आफ्नो कार्यालयमा सेवा लिन नसकेपनि आवश्यक परामर्श लिएर जान आग्रह गरिएको छ ।

Next Post

प्रचण्ड माधवको आमहड्तालले दिनभर जुम्ला ठप्प

२२ माघ २०७७, बिहीबार २०:०३
नेकपा प्रचण्ड माधव समुहले गरेको आमहड्तालका कारण जुम्ला ठप्प बन्यो । एकाविहानै आमहड्तालमा साथ दिन भन्दै प्रचण्ड माधव समुहले जुम्लाबासीलाई आग्रह गरेको थियो । दिनभर फाटफुट मोटरसाइकल चलेपनि ठुला सवारीसाधन चलेनन् । आमहड्तालका कारण जनजीवन प्रभावित बन्यो । जिल्ला प्रहरी कार्यालय जुम्लाले जुम्लामा बन्दको असर देखिएको जनाएको छ । हामीले […]