कर्णालीमा लोप हुँदै परम्परागत गरगहना

  ।   १८ भाद्र २०७८, शुक्रबार १७:२०

दैलेख । नाक कानमा फूली अनि बुलाकी । कुनै बेला कर्णालीका महिला यस्तै गरगहनाले सजिएका हुन्थे । तर, आधुनिकतासँगै परम्परागत गरगहना लाेप हुँदै गएका छन् । अचेल फूली, चक्ली, बुलाकी, मडहरी सायदै देखिन्छन् ।

‘पहिले बिवाहिता मात्र नभई अबिवाहित युवती पनि गरगहनाले सजिएका हुन्थे । तर अचेल आधुनिकतासँगै परम्परागत गरगहना लगाउन छाडेका छन्,’ दैलेखकी जशु थापाले बताइन् । सुनचाँदीकाे भाउ निकै उकालाे लाग्दा पनि परम्परागत गरगहनाकाे प्रयाेग घटेकाे उनकाे अनुभव छ ।

कालीकोटकी रामसरा शाही पनि आधुनिक परिवेशका कारण रितिरिवाज लाेप हुँदै गएकाे बताउँछिन् । ‘पहिले गाउँघरमा हातमा काँडे चुरा, रानी चुरा, कान र नाकमा सुनका गहना, गलामा मंगलसूत्र र पोतेले भरिभराउ हुन्थे.’ दैलेखकी पानसरि बुढा भन्छिन्, ‘अहिले फाट्टफुट्ट रुपमा मात्र लगाएकाे देख्छु ।’

Next Post

मुगुका तीन स्थानीय तहमा खुले विद्यालय

१८ भाद्र २०७८, शुक्रबार १७:२०
मुगु। मुगुको कार्मारोङ्ग गाउँपालिकामा निजी तथा सामुदायिक विद्यालयमा नियमित रुपमा पठनपाठन सुरु भएको छ। कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालय पुन: संचालनमा आउन थालेका छन्। जिल्लाको कार्मारोङ्गमा गाउँपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका विद्यालय लामो समयपछि पुन: संचालनमा आउन थालेका हुन्। गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य रहेको […]

सम्बन्धित