पहिरोले उर्थु–पटमारा सडक खण्ड अबरुद्धःस्थानीयलाइ सास्ती

जुम्ला हुँदै मुगु राराताल जोड्ने छोटो मार्ग (उर्थु पटमारा) सडक खण्ड अबरुद्द भएको छ । लगातार भएको अविरल वर्षाका कारण पहिरो आउँदा सडक अबरुद्द भएको हो । जुम्ला उर्थु पटमारा,न्याउरीघाट,बुलबुलै हुँदै मुगु जिल्ला जोड्ने सडक पहिरोले अबरुद्द हुँदा स्थानीय नागरिक संगै पर्यटकहरुले सास्ती पाएका छन् ।

नाग्म गमगडी सडक भन्दा जुम्ला उर्थु पटमारा सडकबाट मुगु रारा ताल पुग्न करिब ३ घण्टा छोटो पर्छ । दैनिक सयौ आन्तरिक तथा बाह्य पर्यटकपनि उर्थु पटमारा सडक हुँदै राराताल जाने गर्दछन् । भने,पातारासी गाउँपालिका ७ नम्बर वडामा पर्ने विभिन्न गाउँका नागरिक आउजाउ गर्ने मुख्यबाटो पनि त्यहि हो । पहिरोले सडक पुर्ण रुपमा अबरुद्द भएपछि स्थानीय संगै पर्यटकहरुलाई पनि आउजाउमा समस्या भएको स्थानीय लाल बहादुर बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“आईतबार दिउसो १ बजे पहिरो गएको हो । पहिरोले सडक छेउमै रहेको विधुत नहर भत्किदा बत्ती पनि अबरुद्द भएको छ । दैनिक उपभोग्य बस्तु ल्याउन पनि स्थानीयलाई मुस्किल भएको छ । सडक सुचारु हुने टुंगो छैन् ।”
गएको आर्थिक वर्षमा मात्रै निर्माण भएको पक्की पर्खाल भत्किएको बुढाको भनाई छ । उनका अनुसार चाडै पहिरो रोकथाम नगरे बाँकि सबै आउने र अन्नबाली लगाएका खेतियाग्य जमिन पनि बग्ने तथा पुर्ण सडक बन्द रहने देखिएको छ । ठेकेदारहरु काम चलाउ विकास गर्ने भएकै कारण सडक विभिन्न ठाउमा भत्किने गरेको छ ।

एयरपोर्ट हुँदै पातारासी क्षेत्रमा बस चलाउदै आएका चालक कृष्ण बिष्टले जुम्ला हुँदै उर्थु पटमारा सडक हिउदमा धुलाम्मे र वर्खामा हिलाम्ये हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“सडक कम्तिमा ग्राभेल भएको भए सहज हुन्थ्यो । बाईकलाई साईटदिने पनि सडक छैन् । साँघुरो त्यसैमाथि हिलो खाल्डाखुल्डी ठाउँ ठाउँमा पहिरो आईरहेको छ । सरोकारावालको ध्यान जान जरूरी छ ।”

पातारासी गाउँपालिकाकी उपाध्यक्ष पुन्नकली महताराले विकासमा गुणस्तरियता नभएकै कारण वर्षदिन नपुग्दै निर्माण भएका संरचना भत्कीने थालेको बताउनुभयो । जुम्ला हुदै रारा ताल जाने छोटो मार्गको स्तरबृद्धि तथा सडक सुधारमा प्रदेशले थप लगानी गर्नुपर्ने उनको भनाई छ । पहिरो पन्छाउन आबश्यक पहल गरिने समेत बताउनुभयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले अबरुद्ध जुम्ला रारा जोड्ने सडकको उर्थु पटमारा खण्डको अबलोकन गर्दे पहिरो पन्छाउन पहल थाल्ने बताउनुभयो । विकासमा दिगोपना नहुने समस्या ठेकेदारले निम्त्याएको भन्दै गुणस्तरीय विकासमा जोडदिनु पर्नेमा उल्लेख गर्नुभयो ।

साँघुरो हिलाम्य एयरपोर्ट हुदै उर्थु लासी छुम सम्म दैनिक २ ठुला बस र ४ वटा जीप संचालन हुदै आएका छन् । सडक बेला बेला अबरुद्ध हुने, भएकै कारण भनेकै समयमा गन्तव्य पुग्न कठिनाई भएको सरोकारवाला सबै मौन रहेको स्थानीय काली बहादुर महताराले गुनासो गर्नुभयो ।

सम्बन्धित शीर्षक