राष्ट्रिय सभा अध्यक्षद्वारा लोपोन्मुख राउटे समुदायसँग भेट

  ।   १६ भाद्र २०७८, बुधबार १८:२६

सुर्खेत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सुर्खेतको काल्चे पुगेर लोपोन्मुख राउटे समुदायसँग भेट तथा अवस्था अवलोकन गरेका छन् । कार्यक्रमको सिलसिलामा सुर्खेत आएका अध्यक्ष तिमिल्सिनाले सुर्खेत र सल्यान जिल्लाको सिमानामा पर्ने गुर्भाकोट नगरपालिकाको काल्चेमा पुगेर राउटे समुदायको अवस्था र समस्या बुझेका हुन् ।

घुमन्ते राउटे बस्तीमा पुगेर अध्यक्ष तिमिल्सिनाले समुदायको संस्कृति र परम्पराको संरक्षण गर्दै बासस्थान, स्वास्थ्य, शिक्षा र आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने बताए । ”सरकारले दिएको राहत वा विभिन्न तरिकाले आउने आर्थिक सहयोगले मात्रै यो समुदायको उन्नति हुँदैन”, ”उनले राउटे समुदायका मुखियासहितको टोलीसँग भने, ”राज्यले स्थायी बसोबासको व्यवस्था गर्दा एक ठाउँमा बस्ने, सरसफाइ तथा स्वास्थ्यमा ध्यान दिनुपर्छ।”

राउटे समुदायलाई राज्यबाट आउने सहयोग पर्याप्त भए पनि त्यसको उचित प्रयोग र व्यवस्थापन नभएसम्म उनीहरूको अवस्थामा सुधार नहुने बताए । कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीसहितको टोलीसँग त्यहाँ पुग्नुभएका अध्यक्ष तिमिल्सिनाले राउटे समुदाय व्यवस्थित बस्ती बनाएर एक ठाउँ बस्न तयार भए सरकार समक्ष आफूले पहल गर्ने बताए ।

Next Post

‘मनै लोभ्याउने’ महाबु धामलाई चलचित्र हब बनाउने योजना

१६ भाद्र २०७८, बुधबार १८:२६
दैलेख।  वरिपरि हरियाली देखिने दैलेख जिल्लाको सबैभन्दा अग्लो स्थान हो महाबु धाम। पाटन वरपर फुलेका हरिया रंगीन घाँस र थरीथरीका फूलहरू सिरसिर चल्ने हावासँगै नाच्न थाल्छन्। पाटनभरि चराचुरुङ्गी चिरबिराउँछन्। हरेक दिन घामको पहिलो स्पर्शसँगै ब्युँझिन्छ महाबु धाम। समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको यो धाम दैलेखको महाबु र […]