जुम्लामा विद्यालय खुलाउने वहश, एक हप्तामा पुरै कोरोना परीक्षण गरेर मात्रै निर्णय

 जुम्लामा निषेधाज्ञा १५ दिन थपिएको छ । पछिल्लो समय वेलुकी ४ बजे पछि निषेधाज्ञा गरिदै आउने क्रम थपिएको जिल्ला कोभिड व्यस्थापन समितिले थप गरेको प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले जानकारी दिनुभयो ।
यसैगरी विद्यालय संचालन गर्ने बिषयमा जिल्ला भरी पछिल्लो अवस्था पहिचान गरी निर्णय गरिने भएको छ । स्थानीय तहमा रेण्डम सेम्पलिङको आधारमा कोरोना परीक्षण गरि एक साता भित्र जोखिम प्रतिवेदन ल्याउने र सोही अनुसार जिल्ला कोभिड व्यवस्थापन समितिले विद्यालय खोल्ने नखोल्ने बिषयमा निर्णय गर्ने भएको छ ।जिल्लाको कोरोना जोखिमको अवस्था कस्तो रहेको छ भन्ने बिषयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले प्रतिवेदन प्रस्तुत गरेको छ । अस्पताल निर्देशक डाक्टर राजिव शाहका अनुसार अस्पतालमा बिरामी भर्नाको हिसावले जुम्ला जोखिम अवस्थामै रहेको छ । स्मार्ट लकडाउको कार्यविधी २०७८ अनुसार एक सय ५ भन्दा मुनी पोजेटिभ हुनुपर्ने भएपनि जुम्लामा बढिरेहेको बताउनुभयो । यस्तै अस्पतालमा ३५ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत दर पोजेटिभ देखिएकाले अहिले जुम्ला सुरक्षित भन्न नमिल्लेमा जोड दिनुभयो ।जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जिल्लामा हाल सम्म गरिएको परीक्षण र अवस्थाको बिषयमा जानकारी गरेको छ । स्वास्थ्य निरीक्षक प्रेमबहादुर सोमाईका अनुसार करिब २४ हजार बढिलाई खोप दिईएको छ । जसमा १२ हजार बढिले पूर्ण खोप पाएका जानकारी दिनुभयो । उहाँका अनुसार स्मार्ट लकडाउन कार्यान्वन गर्न स्थानीय तहमा रेण्डम सेम्पलिङ परीक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख मकरबहादुर भण्डारीले हालको शिक्षाको अवस्थाको तथ्यांकको जानकारीदिनु भएको थियो । प्रमुख भण्डारीका अनुसार सवै विद्यालयका शिक्षकलाई खोप लगाएमा वालवालिका सुरक्षित हुनेमा जोड दिनुभयो ।तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले आ –आफ्ना स्थानीय तहले जोखिम पहिचान गरि निर्धारण गरिनुपर्ने सूझाव दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी बिजया प्रर्साइले स्मार्ट लकडाउनका लागि पूर्वाधार तयार भएमात्र विद्यालय संचालन गर्न हुने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले हरेक स्थानीय तहमा कोरोना परीक्षण बढाएर एक तथ्यांकको आधारमा निर्णय गर्नुपर्ने भन्दै स्थानीय तहमा दुई हजार छ सय बढी एन्टिजन किट भएकाले परीक्षणमा जोड दिन अनुरोध गर्नुभयो ।

वैठकमा स्मार्ट लकडाउनका बिषयमा बृहत वहश भएको छ । उद्योग बाणिज्य संघका उपाध्यक्ष पुरिचन्द्र देवकोटाले बन्दले व्यवसाय धरापमा परेकाले निषेधाज्ञा समय छोट्याउन अनुरोध गर्नुभयो । प्रमुख जिल्ला अधिकारी प्रसाईले बजार क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना नभएको हुदा निर्णय ४ बजे पछि निषेधाज्ञा नै रहने बताउनुभयो ।

सम्बन्धित शीर्षक