चन्दननाथ ८ मा आगलागी,तीन लाख ७५ हजारको क्षति

  ।   २० माघ २०७७, मंगलवार २०:१३

जुम्लाको चन्दननाथ नगरपालिका ८ रोकायाबाडामा आगलागी भएको छ । आगलागीबाट ३ लाख ७५ हजार रुपैयाँ बरावरको क्षति भएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन । यही माघ महिनाको १८ र १९ गते राति दाउँरा र पिरलको खातमा आगो लागेको हो ।
स्थानिय नरेन्द्र धरला, कृष्णबहादुर रोकाया र बमबहादुर रोकायाको दाउरा र पिरलमा आगलागी भएको स्थानिय चन्द्र धरलाले जानकारी दिए ।
अघिल्लो दिनमा नरेन्द्रको दाउरा र पिरलमा आगो लागेको हो । भोलि कृष्णबहादुर रोकायाको दाउरा र पिरलमा आगो लागेको थियो ।

Next Post

नगरपालिकाका जनताको स्वास्थ्य सेवामा अहोरात्र खटिएका छौँ : स्वास्थ्य शाखा

२० माघ २०७७, मंगलवार २०:१३
जुम्लाको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाले जनताको स्वास्थ्य सेवामा अहोरात्र खटिएको जनाएको छ । स्थानीय सरकारले दिनुपर्ने स्वास्थ्य सेवाका काममा विना कन्जुस्याइँ लागि परेको जनाएको हो । स्वास्थ्य निरीक्षक क्षेत्र महतले आर्थिक बर्ष २०७७÷०७८ मा स्वास्थ्य शाखालाई पहिलो चौमासिकमा विनियोजित बजेटबाट गर्नु पर्ने कार्यक्रम गरिसकिएको बताए । पहिलो चैमासिक कार्यक्रम अन्र्तगत […]