आज श्रीकृष्ण जन्माष्टमी ,जुम्लामा पनि मनाइँदै

 

गणेश रावत,

आज श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । जुम्ला को वाल मन्दिर लाई सजि सजावट वनाई पुजापाट गरी रहेका छन् । रङगि बिरङगि सजिसिजावट गरीएको छ ।देशभरका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै व्रतबसी रातभर जाग्राम बस्ने प्रचलन रहेको छ ।

जन्माष्टमीका दिन जुम्लाको बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको भए पनि कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका कारण यो वर्ष पूजा विधि पु¥याउन मात्र गरिने भएको छ ।

चन्दनाथ नगरपालिका मा रहेको धार्मिक स्थल चन्दनाथ मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेकोमा यस वर्ष दुवैतिर विधिपूर्वक पूजा आराधना गर्ने तर भीड नगर्ने तयारी भएको छ ।बाल मन्दिरमा आज कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेकोमा यस वर्ष पूजा आराधना मात्र गर्ने तयारी छ । आज मुलुकभरमा सार्वजनिक बिदा दिइएको छ ।

 

सम्बन्धित शीर्षक