भारी वर्षाले तिला छ रिपी मा एक घर भत्कायो,अन्नको क्षति

 

 

गणेश रावत,

भारी वर्षा का कारण तिला छ रिपी मा एक घर भत्कायको छ । लगातार पानि परेकाले तिला गाउँपालिका वडा नम्वर छ रिपी मा कर्ण वहादुर रावतको घर भत्कियकोे वडा अध्यक्ष भक्त बहादुर रोकायले बताउन भयो । घर भत्किँदा मानवीय क्षेति भने भएको छैन।

घर वेलुका ७ वज भत्कायको रावतले जानकारी दिय । एक वर्षा भरी खाने अन्न माटोमा पुरीयको छ । एक भकारी मकै, २भकारी गहुँ ,एक भकारी जै स्टोर गरेर राखेका गहुँ,जै सबै माटोमा मिसिएको छ । वडा अध्यक्ष लाई खवर गरेकोले हरेर हेर्न अध्यक्ष भक्त वहादुर रोकायले जानकारी दिनुभयो । हेरेर सम्वन्धित निकाय संङग पहल गरीने रोकायले जानकारी दिनुभयो । वर्षा भरी गरेको मिहिनेत माटोमा पुरीदिदा रावत दुखि भयका छन् ।

उहाँ भन्छन् अन्न राख्ने एउटा घर पनि भत्किँदा उनि दुखिे छन्। हिउँद को लागि जम्मा पारी राखेको अन्न माटोमा मिसिदा घरपरिवार कसरी पाल्ने चिन्ता भयको रावतले जानकारी दिएका छन्। यस्तो दुखथ अबस्थामा उहालाई सबैको साथ चाहियको अर्को स्थानीय धर्मराज रावतले बताउनुभयो । पिडितको घाउमा मलम लगाउन जरुरी रहेको रावतले बताउनु भयो  ।

 

 

सम्बन्धित शीर्षक