सेना र स्थानीय निकायको उदाहरणीय सहकार्य

सल्यान। नेपाली सेना र स्थानीय निकायको सहकार्यमा सल्यानमा उदाहरणीय कार्य भएको छ । सल्यान जिल्लामा एक पालिका एक हेलिप्याड निर्माण अघि बढाईएको छ। यसै योजना अनुरुप सबुज गणका सकलदर्जाहरुको श्रमदानबाट सात नगरपालिका र गाँउपालिकाहरुमा राती समेत हेलिकप्टर रोक्न सकिने गरी निर्माण सम्पन्न भएको छ।

बाँकी ३ गाउँपालिकाहरुमा निर्माणको प्रकृयामा रहेको छ । यसकार्यका लागि आवश्यक निर्माण सामाग्रीहरु सम्बन्धित पालिकाहरुले उपलब्ध गराएको हो ।

सम्बन्धित शीर्षक