जुम्लाका सवारीमा नयाँ भाडादर

जुम्लामा चल्ने लामो तथा छोटो दुरीका सवारीसाधनको नयाँ भाडादर निर्धारण गरिएको छ । यातायात व्यवसायीले मनपरी रुपमा भाडा अशुलिरहेको गुनासो आएपछि जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले नयाँ भाडादर निर्धारण गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले जेष्ठ नागरिक ,अपाङ्गता भएका व्यक्ति,महिला आरक्षण सिट र छुटको व्यवस्था प्रभावकारी रुपमा कार्यन्वयन गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले यात्रु र व्यवसायी दुबैलाई मर्का नहुने गरि भाडा निर्धारण गरिएको बताउँछन् ।
बैठकले पेट्रोलबाट चल्ने सवारीसाधनले प्रतिकिलोमिटर ८ रुपैयाँ भाडा उठाउन पाउने निर्णय गरेको हो । कच्चीबाटोमा प्रतिकिलोमिटर १० रुपैयाँ लिन पाउने निर्णय भएको छ । यो भाडा बस, जीप र भ्यानका लागि निर्धारण गरिएको हो । सदरमुकाम खलंगा देखि उर्थु सम्मको ५ किलोमिटर सडकमा ५० रुपैयाँ भाडा तोकिएको हो ।
खलंगा देखी गढीगाउँ सम्म २२ किलोमिटरको दुरीमा २ सय २० रुपैयाँ,खलंगा देखि सिँजाको गुठिज्युला बजार सम्म ३५ किलोमिटिरको दुरीमा २ सय ४५ रुपैयाँ लिन पाउने गरि निर्णय गरिएको हो । नाग्मा देखी मुगुको गमगडी सम्म ९३ किलोमिटरको दुरी छ । समितिले भाडा ६ सय ५० तोकेको हो । जुम्ला बजार देखी मणिसाँघु सम्म ३ सय ७५ रुपैयाँ र मणिसाँघु देखी चोत्रा गाउँ सम्म १ सय २० भाडा निर्धारित गरिएको छ ।
जुम्ला देखि गमगडी सम्म जिपको हकमा १ हजार २सय रुपैयाँ लिन पाउनेछन् । बसले एक हजार रुपैयाँ भाडा उठाउन पाउनेछ । छोटो दुरीको पक्की सडकमा बस र जिप र भ्यानले जुम्ला बजार देखी उमगाड सम्म २५ रुपैयाँ भाडा लिने छन । जुम्ला देखी लाम्रा सम्म ४० रुपैयाँ तातोपानी सम्म ६० रुपैयाँ र कुडारी सम्म एक सय रुपैयाँ भाडा कायम गरिएको छ । रारालिही सम्म १ सय २० र नाग्मबजार सम्म १ सय ६० रुपैयाँ भाडा लिन पाउने भएका छन ।
लामो दुरीको सवारीसाधन बस, मिनी बस र जिपको लागी पनि नयाँ भाडादर कायम गरिएको छ । नाग्मा बजार देखी कालिकोट सदरमुकाम मान्म सम्म २ सय ५० रुपैयाँ भाडा तोकिएको छ । मान्म देखी तल्लो डुङगेश्वर सम्म ५ सय ५० रुपैयाँ, तल्लो डुङगेश्वर देखी सुर्खेत सम्म ३३० रुपैयाँ भाडा कायम गरिएको हो ।
जुम्ला देखि सुर्खेत सम्मको दुरीमा बसको हकमा १ हजार १ सय ६० रुपै्रयाँ, जुम्ला देखि नेपालगञ्ज सम्मको १५ सय ४ रुपैयाँ भाडा तोकिएको छ । जिपको हकमा जुम्ला देखी सुर्खेत सम्म १३ सय ९० रुपैया भाडा निर्धारित गरिएको हो ।
समितिले अटोरिक्साको नयाँ भाडादर कायम गरेको छ । खलंगा देखी उमगाड सम्मको ५ किलोमिटिरको दुरीमा ५० रुपैया तोकिएको छ । उमगाड देखी बाईराका गाँउ सम्म १३ किलो मिटरको १ सय ३० रुपैयाँ, बाइराँका गाउँ देखी नाग्मबजार सम्मको १४ किलोमिटरमा १४० रुपैयाँ भाडा लिन पाइने जिल्ला यातायात ब्यवस्थापना समिति जुम्लाले जाएको छ । सबै सवारी साधनमा टिकट र भाडादर टाँस्ने ब्यवस्था गरेकाले कुनै पनि यात्रु नठगिने प्रमुख जिल्ला अधिकारी थापाले बताए । यात्रुले टिकट अनबिार्य माग्नु पर्ने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी थापाले भने,‘यातायात समिति तथा सवारी साधनका मालिकले मनपरी भाडा अशुलेको गुनासो आयो । सवारी साधनले अनिर्वाय रूपमा पंजिकृत हुनपर्ने र सवारी यात्रुलाई अनिर्वाय टिकटको व्यवस्था गर्नु पर्नेमा जोेड दिए । निर्धारित सवारी साधनमा भाडादर सबैले देख्ने ठाउँमा टाँस गर्न निर्देशन गरे ।

सम्बन्धित शीर्षक