सुर्खेत उक्लिए राउटे समुदाय, अबको गन्तव्य जाजरकोट की बड्डीचौर ?

सुर्खेत । केही महिनाअघि मात्रै सल्यान बसाइँ सरेका राउटे समुदाय फेरि सुर्खेत उक्लिएका छन् । सल्यानको कालिमाटी गाउँपापालिकाको च्यूरीबासमा बस्दै आएका यो जातीमा बुधबार एक बालिकाको मृत्यु भएपछि पुनः सुर्खेत फिर्ता भएका हुन् । हाल उनी गुर्भाकोट नगरपालिका–१ सीमसार भन्ने ठाउँमा आइपुगेका छन् ।

जंगलमा फिरेन्ते बसोबास गर्दै आएको यो जातीको अस्तित्व संकटमा छ । एक महिनाको अवधीमा मात्रै चार जना मृत्यु भएको छ । बुधबार मृत्यु हुनेमा सात वर्षीय बालिका डबी शाही हुन् । ‘साँझसम्म उहाँको अवस्था सामान्य थियो, राती मात्रै उहाँको मृत्यु भएको हो,’ राउटे वस्तीमा खटिएका जाेडी शिक्षक लालबहादुर खत्रीले भने, ‘विरामी नै नभएर एक्काशी मृत्यु भयो, कारण केही खुल्न सकेन् ।’ हाल बसीरहेको ठाउँमा परिवारका एक सदस्यको मृत्यु भएमा तत्काल नयाँ ठाउँमा बस्ती सर्ने चलन छ ।

बालिकाको मृत्यु भएपछि उनीहरु कम्तीमा १२ दिन त्यहीँ बस्ने खत्री बताउँछन् । ‘आफ्नो संस्कारअनुसार केहीदिन यहीँ ठाउँमा बस्ने र पछि अनेत्र जाने तयारी छ,’ खत्रीले भने, ‘बस्ती सीमसारमा बसेपनि सबै सामान बोटेचौर–सल्यान–तुल्सीपुर सडक खण्डको सुर्खेतस्थित गैरी बजारमा राखेका छन् । उनकाअनुसार उनीहरु जाजरकोट वा सुर्खेतको बड्डीचौरतर्फ जाने भन्नेबारे केही खुलाएका छैनन् ।

राउटे समुदायकाे संरक्षण, स्वास्थ्य हेरचाह र शिक्षाका लागि सामाजिक सेवा केन्द्र (साेसेक) दैलेख जाेडी शिक्षक खत्रीसहित उनकाे श्रीमती दुर्गा खड्का ‘खत्री’ र अहेब विनाेदकुमार विसीलाइ बस्तीमै परिचालन गरिरहेकाे छ ।

सम्बन्धित शीर्षक