२४ घण्टामा ३०७५ संक्रमित थपिदाँ १६८ जना भेन्टिलेटरमा

  ।   ३ भाद्र २०७८, बिहीबार १७:५०

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सक्रिय संक्रमितको संख्या ४० हजार ५०० पुगेको हो । संक्रमितमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु हुँदा २१२६ जना संक्रमणमुक्त भएका छन् ।

बिहीबार थपिएका संक्रमितसँगै हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४२ हजार २२८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७८ हजार ३७७ पुगेको छ । संक्रमितमध्ये ६ लाख ९१ हजार २९९ जना निको भएका छन् भने मृतकको कुल संख्या १० हजार ४२९ पुगेको छ ।

Next Post

‘विकास र निर्वाचन शिक्षामा युवा परिचालन जरुरी’

३ भाद्र २०७८, बिहीबार १७:५०
सुर्खेत । विकास निर्माणका योजना कार्यान्वयन र निर्वाचनसम्बन्धी गतिविधिमा युवाको सहभागिता जरुरी रहेको एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन् । नेपाल युवा संस्था सञ्जाल (आयोन) द्वारा मंगलबार आयोजित ‘भर्चुअल राउन्ड टेबल डिस्कशन’ मा वक्ताहरुले विकास योजनामा युवाशक्तिको सहभागिता निकै कमजोर रहेको बताएका हुन् । आयोनको सुशासनका लागि युवा परियोजनाले युवामैत्री बजेट, […]