तिला र तातोपानीका किसानलाई उन्नत जातको भेडाको थुमा तथा बोका बितरण

जुम्लाको तिला गाउँपालिकाका किसानलाई उन्नत जातका भेडा,थुमा र बयरबोका वितरण गरिएको छ । तिला गाउँपालिका २ लर्मी,तिला ९ खोप्री,तिला ६ रिपी,तातोपानी ७ ताम्ती, हिमा ७ कुडुमा उन्नत जातका भेडा वितरण गरिएको हो ।

तिला ८ जुम्लाकोट,तिला ६ घोडेसिमममा बोयर जातको एक एक बोका वितरण गरिएको पेस नेपाल जुम्लाका क्याप्स कर्णाली परियोजनाका संयोजक मुकेश कुमार शर्माले जानकारी दिए ।।
पेस नेपाल अन्तरगत नेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तन द्धारा सिर्जित चुनौती अनुकूलन कार्यक्रम (क्याफ्स कर्णाली)” परीयोजनाले नश्ल सुधार कार्यक्रमका लागि उन्नत जातका भेडा तथा बोका वितरण गरेको हो ।

अब किसानले उन्नत जातको भेडाबाख्रा र बोका पालेर मनग्गे आम्दानी गरेर दैनिक जीवनयापन सहज हुने अपेक्षा राखिएको छ । यो कार्यक्रमबाट झण्डै ३ सय घरधुरी किसान लाभान्वित भएको पेस नेपाल जुम्लाले जनाएको छ ।

यसले पशुपालन गर्ने किसानले लाभ प्राप्त गर्नेछन । पशुको बृद्धि विकास छिटो हुने तथा तौल बृद्धि भइ किसानलाई फाईदा हुने उनले बताए ।
उनले भने,‘भेडा तथा बोका वितरण पछि भेडा तथा बोका पालन तर्फ किसान आकर्षित भएका छन । आयआर्जनमा राहत मिल्ने विश्वास लिएका छन । ’ यो कार्यक्रम जिल्लाको तातोपानी,तिला र हिमा गाउँपालिकामा लागु भइरहेको छ ।

सम्बन्धित शीर्षक