अग्निपीडितलाई सत्य साई भजन समुहको राहत


जुम्ला स्थित सत्य साई भजन समुहले तिला गाउँपालिका ७ गोठीगाउँका अग्नि पीडितलाई राहत दिएको छ । उनीहरुलाई न्यानो कम्वल र खाद्यन्न दिइएको हो ।।
अग्नि पीडितलाई चिसो मौसमबाट बचाउन न्यानो कम्वल र खाद्यन्न वितरण गरिएको हो । अग्नि पीडित ३१ घर परिवारलाई जना एक एक कम्वल सहित ,दाल चामल ,नुन, तेल उपलब्ध गराएको हो ।
सत्य साई भजन समुह जुम्लाका सल्लाहकार कर्णाली प्रदेश सभा सदस्य दिनबन्धु श्रेष्ठले सत्य साई भजन समुह जुम्लाले अग्नि पीडितलाई चिसो मौसममा न्यानो कपडा र खाद्यन्न सामाग्री सहयोग गरेकोमा खुसि व्यक्त गरे । उनले भने,‘अग्नि पीडितका लागि यो निकै राम्रो बिषय हो । अग्नी पिडितलाई प्रति देखाएको कार्यले म निकै खुसि छु । आगामी दिनमा पनि दिनदुखि र गरिवको पक्षलाई साथ दिनेमा विश्वस्तछु । ’
श्री सत्य साई भजन समुहका युवा संयोजक महेन्द्र कार्कीले भजन समुहले सानो भएपनि अग्नि पिडितलाई सेवा गरेको बताए । आगामी दिनमा पनि सके सम्मको सहयोग गर्ने बताए । जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कामा बुढाले अग्नि पिडितलाई न्यानो कपडा वितरण गरेर खुसि छर्ने काम भएको प्रतिक्रिया दिए ।
उनले भने,‘आफुसँग भएको चिज अरुलाई वाड्दा वेग्लै आनन्द आउँछ । मनमा शान्ति पनि मिल्छ ।यही नै गरिव तथा विपन्न बर्गका लागि गरिएको सत्कर्म हो ।’
भजन समुहकी बिना श्रेष्ठले पिडितलाई दान गर्न पाउँदा आत्मदेखी नै शान्तिको अनुभुति गरेको बताइन् । गाउँमै गएर न्यानो कम्वल र राहत पाउदा अग्नि पीडित निकै खुसि थिए । अग्नी पीडित जीवन रोकाया सत्य साई भजन समुहले प्रसंसनीय कार्य गरेको बताए । उनले भने,‘अत्याधिक चिसो यामलाई छल्नका लागी राम्रो कार्य गरेको छ । ’ अग्नि पीडित ५८ बर्षिय खडक रोकाया आगामी दिनहरुमा अभैm साथ र सहयोगको अपेक्षा रहेको बताए । अग्नि पिडितलाई हिउँदको समयमा चिसोले थरथरी काँप्नबाट बच्नका लागी ठुलो सहयोग मिलेको उनले बताए ।
यसअघि गुठिचौर गाउँपालिका ३ गज्र्यांङकोट गाउँमा पनि चिसोबाट बच्न सत्य साई भजन समुहले जेष्ठ नागरिकलाई न्यानो कपडा वाँडेको थियो ।

सम्बन्धित शीर्षक