शाेषित र निमुखाकाे आवाज बन्न ‘मध्यपहाड’लाई महासंघ अध्यक्ष बसेलको आग्रह

सुर्खेत । मध्यपहाड मिडीया प्रालीको केन्द्रीय कार्यालय सुर्खेतमा स्थापना गरिएकाे छ । कार्यालयकाे नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बस्सेलले उद्घाटन गरेका हुन् । मध्यपहाड अनलाईन पोर्टलको औपचारिक सुभारम्भसहित कार्यालयको उद्घाटन गर्दै अध्यक्ष बस्सेलले शोषित पीडित र निमुखाको आवाज बन्दै सत्यतथ्य र निष्पक्ष समाचारको संवाहकका रुपमा आफ्नो पहिचान बनाउन आग्रह गरे ।

‘सञ्चारकर्मीहरुले खोजमुलक समाचार कम प्रकाशन गर्ने हुँदा अबको दिनमा खोजमुलक विषयमा केन्द्रित हुनपर्छ । पत्रकारिता पेसा संवेदनशिल र जोखिम मिश्रित पेशा भएको भन्दै समाजप्रतिको उत्तरदायित्वप्रति भएर अघि बढ्नुपर्ने देखिन्छ,’ बसेलले भने, ‘हिजो आज कसैको चरित्र हत्या, बद्नामी र प्रमाणित नहुने समाचारहरुले धेरै स्थान लिईरहेको देखिन्छ त्यसैले मध्यपहाडले अपराधिक, भष्ट्रचारविरुद्धको समाचार संकलन गर्नसक्नुपर्छ ।’

मध्यपहाड मिडीया आवाजविहीनहरुको आवाज बन्न सक्नुपर्ने पनि धारणा उनकाे थियाे । युनाईटेड ईन्स्योरेन्स कम्पनी शाखा कार्यालय सुर्खेतका प्रमुख धीरेन्द्रबहादुर शाहीले मध्यपहाड मिडीयाले खोजमुलक समाचारलाई प्राथमिकतामा राखेर अघि बढ्न सुझाव दिए । ‘अहिले मिडीया च्याउ सरी फैलिएको अबस्था छ, अनलाईन मिडीयाको निकै विकास भएको देखिन्छ ,’ शाहीले भने , ‘नाम मात्रका मिडीयाले समाचारमा गुणस्तरको अबस्था खस्किँदो छ । मध्य पहाडले सत्यतथ्य कुरालाई मात्र फोकस गरेर जनताको आवाजलाई बोल्न सक्नुपर्छ।’

मध्यपहाड मिडीया प्रालीका संचालक भक्तबहादुर शाहीले मध्य पहाड मिडीयाले समाजमा भएका कुरिती, कु–प्रथा र दविएका आवाजहरुलाई पहिलो प्राथमिकता दिएर अघि बढ्ने बताए । मध्य पहाड मिडीया प्रालिका अध्यक्ष भुपेन्द्र बहादुर शाहीले पत्रकारिता पेशानै एक चुनौतीपूर्ण पेशा भएकोले पत्रकारले निकै सजकता अपनाउनु पर्ने बताए । मध्य पहाडले सत्य, तथ्य र निस्पक्ष भएर विषयबस्तु उठाउँछ,’उनले भने ।

सम्बन्धित शीर्षक