सडक स्तरोन्नति नहुँदा सर्वसाधारणलाई सास्ती

  ।   ३१ श्रावण २०७८, आईतवार १७:२३

सल्यान : सल्यानका ८३ वटै वडामा सडक पुगेको छ। हिउँदमा सबैतिर सवारी साधन चले पनि वर्षा याममा भने अधिकांश सडकमा सवारी साधन नचल्दा सर्वसाधरणहरु पैदल हिँड्न बाध्य छन्।

वर्षाले मुख्य राजमार्गको रुपमा रहेको राप्ती लोकमार्गसहित सबै सडक बिगारेपछि स्थानीयवासीले सास्ती भोग्दै आइरहेका छन्। कतै खोलाले सडक कटान गरेको छ भने कतै पहिरोले सडक बगाएको छ।

घर अगाडि सडक पुगे पनि पैदल हिँड्नु पर्ने बाध्यता रहेको स्थानीय रीमबहादुर बुढाले बताए। १८ वर्षअघि सल्लीबजार चौरजहारी सडकको ट्रयाक खुले पनि स्तरोन्नति नहुँदा समस्या भोग्दै आइरहेको उनको भनाइ छ।

सडक खन्ने नाममा जथाभावी सडक खनिँदा पनि समस्या आएको दर्मा गाउँपालिका–३ का कृष्ण बुढाथोकीले बताए। उनले भने‚ ‘पुराना सडक कहिल्यै स्तरोन्नति हुँदैनन्। सडक निमार्णमा करोडौं खर्च हुने गरे पनि दिगो समाधान खोजिएको छैन।’

सडकमा नाली नबनाउनु, नाली बनाए पनि पानी बग्ने गरी नबनाउनुले  पनि सडक बिग्रिएको सर्वसाधरणहरु बताउँछन्।

Next Post

तिला नदीमा र्‍याफ्टिङ सुरु, जुम्लाको सुन्दर दृश्य अवलोकन गर्न सकिने

३१ श्रावण २०७८, आईतवार १७:२३
जुम्ला । तिला नदीमा पर्यटन व्यवसाय प्रवर्द्धन र्‍याफ्टिङ सुरु गरिएको छ । साउनको दोस्रो सातादेखि तिलामा र्‍याफ्टिङ सुरु भएपछि र्‍याफ्टिङ गर्न जानेको संख्या बढ्दै गएको छ । रारा जाने मौसम सुरु भएकाले तिलामा पर्यटन प्रवर्द्धनका लागि र्‍याफ्टिङ सुरु गरिएको हो । अहिले नदीमा लामो तथा छोटो दूरीको प्याकेज बनाएर र्‍र्‍याफ्टिङ चलेको छ । […]

सम्बन्धित