जुम्लामा बाढी पहिरोले बगाएर एकै घरका तीन जनाको मृत्यु भएको छ । जुम्ला तातोपानी गाउँपालिका ७ ताम्ती गाउँका तीन जनालाई बाढी पहिरोले बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापाका अनुसार मृत्यु हुनेमा ६० बर्षिय बिर्खे रावत,३५ बर्षिय जैसरी रावत र १० बर्षको सन्देश रावत रहेका छन । बिर्खे रावत जैसरीको जेठाजु हुन् । सन्देश रावत जैसरीको छोरा हुन । सेतक चिनी कोरेर पाटनबाट फर्किएको समयमा घर नजिकैको घट्टे खोला तर्ने क्रममा उनीहरुलाई एक्कासी माथि बाट आएको बाढीले बगाएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए ।
उनले भने,‘बाढी आएर पानी थुनिएको रहेछ । उनीहरु खोला तर्ने बेला थुनिएको बाढी फुट्ने बेला संगसंगै भएपछि उनीहरुलाई बगाएको रहेछ । सेतक चिनी कोरेर उनीहरु २८ गते साँझ नै घर फर्किएका थिए । राति अबेर सम्म पनि घर नपुगेपपछि घरपरिवारले खोजी कार्य थालेका थिए ।तर भेटाएनन । शुक्रवार वडाध्यक्ष र टोप्ला प्रहरी चौकीबाट टोली खटिएपछि बगाएको अवस्थामा भेटाएको थियो । यसअघि पहिरोमा परेको भनिएको भएपनि बाढी पहिरो एक्कैसाथ आएर बगाएको स्थानीय बताउँछन ।
डिएसपी थापाले खोलाबाट मृतक तीनै जनाको शव निकालिसकिएको बताए । उनका अनुसार घटनास्थलमा प्रहरी गइसकेको छ ।













