सुर्खेतमा १४७ थान अवैध काठसहित १२ जना पक्राउ

सुर्खेत । ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगंगा नगरपालिका २ सप्तरी १२ मसिनास्थित छिन्चुबाट अवैध काठसहित १२ जनालाई नियन्त्रणमा लिएको छ । अवैध रुपमा १४७ थान सालको चिरान काठ वीरेन्द्रनगर लिदै गर्दा १२ जनालाई नियन्त्रणमा लिएको हो ।

मंगलबार राती १ः४० बजेको समयमा सालको अवैध काठ लिएर छिन्चुदेखि वीरेन्द्रनगर सुर्खेत जाँदै गरेको लु २ ख २१० नम्बरको ट्रक चालक भेरीगंगा नगरपालिका २ सप्तरी निवासी १८ वर्षीय विकास केसीसहित १२ जनालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अन्ुसार नियन्त्रणमा लिईएका अन्य व्यक्तिहरुमा सोही वडाका १२ वर्षीय हिमाल खड्का, १३/१३ वर्षीय योगराज बुढा र निराजन वि.क, १४ वर्षीय प्रदिप वली, १५/१५ वर्षीय मदन भण्डारी र अम्मर डि.सी, २०/२० वर्षीय पदम खत्री र राम वली, २२ वर्षीय अनन्त बुढा, २५ वर्षीय तुलबहादुर वली र ३५ वर्षीय सोमबहादुर वि.क रहेका छन् ।

विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी नायब निरीक्षक डिल्लीबहादुर चन्दको नेतृत्वमा गएको आठ जनाको टोलीले ट्रक र ती व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि छिन्चु वन कार्यालयका रेन्जर भोजप्रसाद उपाध्यायको जिम्मा लगाईएको बताईएको छ ।

पक्राउ पर्नेमध्य ६ जना बालक रहेका छन् । यसबाट पछिल्लो समयमा किशोर अवस्थामा बालबालिकाहरु अपराधिक क्रियाकलापमा संलग्न भएको पाईएको छ ।

सम्बन्धित शीर्षक