जुम्लामा पहिरोमा परेर तीन जनाको मृत्यु ,विस्तृत विवरण आउन बाँकी

जुम्लाको तातोपानी गाउँपालिका ७ ताम्ती गाउँका तीन जनाको पहिरोमा परेर मृत्यु भएको छ । सेतक चिनी कोरेर पाटनबाट घर फर्कदै गरेका एक महिला सहित दुई पुरुषको मृत्यु भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले पहिरोमा परेर मृत्यु भएको खबर आइपुगे पनि विस्तृत विवरण आउन नसकेको बताए । उनले भने,’‘फोन सम्पर्क गर्ने प्रयास भइरहेको छ । फोन लाग्न सकेको छैन । ’
घटना स्थल तिर वडाध्यक्षको टोली गइरहेको उनले बताए । जडिबुटी कोर्न गएका रहेछन, तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले फर्कने बेला पानीले बगाएको होकी, पहिरोमा परेका हुन एकीन जानकारी आउन नसकेको बताए । उनले भने,‘तीन जनाको मृत्यु भएको सत्य हो । तर नाम ठेगना आइपुगेको छैन , फोन लागेको छैन ।

हिलो चारबजे तिर आए । हिजो अबेर सम्म खोजी गरे । तर भेटाएनन । विहान मात्रै पहिरोमा परेको जानकारी भएको छ ।

उनले वडाध्यक्ष सहितको टोली घटनास्थल पुगेपछि मात्र विस्तृत जानकारी आउने बताए ।

सम्बन्धित शीर्षक