प्रधानाध्यापकको ‘सेटिङ’मा विदेशमा रहेका व्यक्ति एसईई उत्तीर्ण

सप्तरीमा ६ वर्षदेखि मलेसियामा रहेका एक विद्यार्थी एसईई उत्तीर्ण भएको रहस्य खुलेको छ । सप्तकोशी नगरपालिका १० भगनी मलेठका २६ वर्षिय गोपालप्रसाद सन्त वैदेशिक रोजगारीमा भए पनि उत्तीर्ण भएका हुन् ।

उनी जनता माध्यमिक विद्यालयबाट एसईईमा यस वर्ष २।७ जीपीपए ल्याएर उत्तीर्ण भएका छन् । विद्यालयका प्रधानाध्यापक श्याम चौधरीको सेटिङमै पास भएको आरोपसमेत लागेको छ । उत्तिर्ण भएका गोपालका बुबा राम सन्त सोही विद्यालयका कार्यालय सहयोगी हुन् ।

प्रधानाध्यापक चौधरीले आर्थिक लेनदेन गरी देशमै नभएको व्यक्तिलाई एसईई पास गराएको स्थानीय बासीको आरोप छ । स्थानीयका अनुसार विद्यालयका प्रधानाध्यापक श्याम चौधरीसँगको मिलेमतोमा विद्यार्थीका बुबाले परीक्षा फारम बुझाएका थिए ।

कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा नभएर आन्तिरक मूल्याङ्कनबाट नतिजा प्रकाशन गरिएको थियो । गोपाल पास भएपछि स्थानीय साथीभाइले खबर पाएका थिए । स्थानीयले खबर पाएपछि समाजिक सञ्जालमा प्रधानाध्यापक, विद्यालय, पालिका र जिल्ला शिक्षा समन्व्य ईकाई सप्तरीको आलोचना भइरहेको छ ।

सम्बन्धित शीर्षक