जाडोबाट बचाउन विपन्न नागरिकलाई न्यानो कपडा

  ।   ११ माघ २०७७, आईतवार २०:५९

जिल्ला प्रशासन कार्यालय जुम्लाले जाडोबाट बचाउन तिला गाउँपालिका भित्रका विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।
हिमपात तथा अत्याधिक जाडोवाट बचाउन न्यानो कपडा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।
जुम्लाको माइनस डिग्रीको चिसोमा दैनिकी गुजार्दै आएका नागरिकलाई प्रशासन कार्यालय जुम्लाले न्यानो कपडा प्रदान गरको उनले बताए । प्रमुख जिल्ला अधिकारी थापाले भने,‘यो कपडाले निकै राहत मिल्नेछ । जिल्ला प्रशासन कार्यालय जुम्ला विपन्न नागरिकका लागि अतिसंवदेनशिल छ ।अब यस्ता कार्यक्रम गर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छ ।’
विपन्न नागरिकको गाँसबास कपासको ग्यारेन्टी गर्नु राज्यको दायित्व हो । त्यो दायित्व जुम्ला प्रशासन कार्यालयले वहन गरेको छ । चिसो मौसममा न्यानो गर्नका लागी कपडाको जोहो गर्न नसक्ने नागरिकका लागि कम्वल र ज्याकेट दिनु राम्रो कार्य भएको भन्दै स्थानीयले खुसि व्यक्त गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी थापा प्रशासनले कठयांग्रिदो जाडोमा थुरथुर काँपेर रात विताउन बाध्य नागरिकका लागि न्यानो कम्वल र जकेटले राहतको अनुभुति दिलाउने बताउँछन् ।
विपद कोषबाट विपन्न नागरिकका लागि कम्वल र ज्याकेट वितरण गरेको हो । अब सरकारले मात्रै सम्भव नहुने भन्दै प्रमुख जिल्ला अधिकारी थापाले नागरिक स्तरबाटै सहयोगी भावना जागृत हुनुपर्ने बताए । यसअघि सिँजा क्षेत्रका १२ जना विपन्न नागरिकलाई गाउँमै पुगेर न्यानो कपडा दिइएको थियो ।

Next Post

सुर्खेतमा १४७ थान अवैध काठसहित १२ जना पक्राउ

११ माघ २०७७, आईतवार २०:५९
सुर्खेत । ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगंगा नगरपालिका २ सप्तरी १२ मसिनास्थित छिन्चुबाट अवैध काठसहित १२ जनालाई नियन्त्रणमा लिएको छ । अवैध रुपमा १४७ थान सालको चिरान काठ वीरेन्द्रनगर लिदै गर्दा १२ जनालाई नियन्त्रणमा लिएको हो । मंगलबार राती १ः४० बजेको समयमा सालको अवैध काठ लिएर छिन्चुदेखि वीरेन्द्रनगर सुर्खेत […]