आज नाग पञ्चमी पर्व, घरघरर्मा मनाइँदै

गणेश रावत,

आज नाग पञ्चमी पर्व परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । घरको मूल ढोकामा आज नागको चित्र टाँसेर पूजा गर्ने प्रचलन रहेको छ ।

नागको पुजा गरेमा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका र प्राकृतिक विपत्तको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

नाग पञ्चमीको अवसरमा आज बिहानैदेखि जुम्ला बाल मन्दिर ,चन्दनाथ मन्दिर नागस्थानमा पुजाआजा गर्न जाने  गरेको कठायत ले बतायका छन् ।

आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने अनिष्ट हुने मान्यताअनुसार नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकार पुर्णसिङ कठायत ले बताउनुभयो ।

सम्बन्धित शीर्षक