जुम्ला बजारमा मानिस घाईते गर्दै भालु हिडेपछि ७ घण्टा तनाब, आक्रमक भालु मारियो, तीन जना घाईते

साउन २८ गते । जुम्ला, सदरमुकाममा भालुको आक्रमणले तीन जना घाईते भएका छन् ।भालुले चन्दननाथ नगरपालिकामा कार्कीवाडामा व्यवसाय गर्दै आएका दुई जना र चन्दननाथ नगरपालिका वडा नम्बर ४ निवासी एक जनालाई घाईते बनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार चन्दननाथ नगरपालिका ४ निवासी २९ बर्षिय हिमबहादुर रोकाया र २६ बर्षिय निर्मला थापा रोकायालाई आज विहान आक्रमण गरि घाईते बनाएको छ । यसैगरी सिंगा चौरका एक जनालाई पनि आक्रमण गरेर घाईते बनाएको छ । विहान साढे ५ बजे भालुले मानिसलाई आक्रमण गरेको खबर आएपछि प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई सहित सुरक्षा निकाय खोजी कार्यमा लागेको थियो ।

कार्कीबाडामा श्रीमान् हिमबहादुर रोकाया नुहाई रहेको अवस्थामा भालुले आक्रमण गरेपछि श्रीमतिले थाहाँ पाएपछि श्रीमतिलाई समेत घाईते बनाएको प्रहरीले जनाएको छ । यस्तै विहान ९ बजे वडा नं सिंगाचौरको एक घरको गोठमा भालु छिरेको अवस्थामा थाहाँ पाएपछि सोही घरका हिरा सार्कीलाई घाईते बनाएपछि सुरक्षा निकाय त्यहाँ पुगेको थियो । घाईते सवैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेको छ ।

आक्रमण थालेपछि गोलि हानी मारियो :
चन्दननाथ सिगाचौरको गोठमा पसेको भालु सुरक्षित नियन्त्रण गर्न खोज्दा सुरक्षाकर्मीमाथीनै आक्रमण गर्न आएपपछि मारिएको छ । घटना स्थालमा पुगेको नेपालीसेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीले तीन घण्टा गाउँनै सुरक्षा दिएर भालुलाई नियन्त्रण गरेको थियो । भालुलाई सुरक्षित नियन्त्रण गर्न डिििभजन वन कायर्कालयका कर्मचारी पनि सो स्थानमा पुगेका छन् । नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीलाईनै आक्रमण प्रयास गरेपछि स्थानीय प्रशासनको निर्देशनमा भालु मारिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । बजारमा विभिन्न स्थानमा मान्छे घाईते बनाउदै हिडेको भालु मारिएको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । मारिएको भालुको पशुविज्ञवाट पोष्टमार्टम गरेर अन्त्यष्टि गरिने डिभिजन वन कार्यालय प्रमुख दिनेश खत्रीले जानकारी

सम्बन्धित शीर्षक