बजारको भन्दा संस्थानको चामलमा आकर्षण

  ।   ११ माघ २०७७, आईतवार २०:३०

जुम्ला सदरमुकाम खलंगा बजारको भन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयमा सस्तोमा चामल पाउन थालेपछि सेवाग्राही आकर्षित भएका छन् । एक दिनमा ६४ जना सम्म उपभोक्ता चामल लिन आउने गरेको खाद्य व्यवस्था कार्यालय बताउँछ । यहाँ बजारको भन्दा चामल सस्तो पाउँछ । गुणस्तरको पनि छ,शाखा प्रमुख तिलक सुनारले भने,‘पछिल्लो समयमा बास्तविक सेवा दिइरहेको जस्तो अनुभुति भइरहेको छ । ’
कोरोना भाइरसका कारण लामो समय लकडाउन हुदा एकै दिनमा १५ लाख रुपैयाँ बराबरको चामल बिक्रि गरेको उनले बताए । सधैँ बजारको चामल उपभोग गरिरहेका उपभोक्ता पनि यो समयमा खाद्य व्यवस्था कार्यालयको चामल लिन आउने गरेका छन् । उनले भने,‘हरेक उपभोक्ताले न्यनुतम ५० केजी चामल लिएका फर्कन्छन् ।
पहिले सेवा मात्र भएको आभाष हुन्थ्यो । अहिले सेवा संगसंगै व्यापार पनि भइरहेको महसुस हुन्छ, प्रमुख सुनारले भने,‘ संस्थानको चामलको महत्व उपभोक्ताले संकटपुर्ण अवस्थामा अनुभुत गर्न थालेका छन् । ’
कोभिड १९ का कारण प्रभावित विपन्न नागरिकका लागि पनि स्थानीय सरकारले खाद्य संस्थानको चामल प्रयोग गरेका हुन् । तिला गाउँपालिकामा २७ लाख ९ हजार रुपैयाँ,कनकासुन्दरी गाउँपालिकामा ७४ लाख ४९ हजार रुपैयाँको चामल राहत बाड्नकै लागि लिइएको थियो ।
दसैँतिहारमा बजारमा ७० रुपैयाँमा किनबेच भइरहेको चामल खाद्य व्यवस्था कार्यालयले ५ प्रतिशत छुट दिएर ६० रुपैयाँमा उपलब्ध गराएको थियो । अहिले बढेर ६६ रुपैयाँ प्रतिकेजीमा बिक्रि भइराखेको छ । हाल दैनिक ५ लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लमिटेड शाखा जुम्लाको तथ्यांक छ ।
पछिल्लो समयमा सहकारी संग समन्वय गरेर पनि चामल किनबेच भइरहेको छ । चन्दननाथ नगरपालिका १ ठिन्केमा समता सहकारी संस्था लिमिटेडलाई ५ लाख तीन बजार ६ सय ७० रुपैयाँ बराबरको चामल दिइएको थियो । सोना मन्सुली, मकवानपुर र अरुण मोटो चामल सहकारीले खरिद गरेको थियो ।
निकट भविष्यमै मार्सीधानको चामल र सिमी खरिद गर्ने प्रक्रिय शुरु हुने शाखा प्रमुख सुनार बताउँछन् । प्रमुख सुनारले थपे,‘हामी सस्तो सुलभ मुल्यमा गुणस्तरीय चामल पाउन भन्ने सोच राख्छौँ । त्यही अनुसार उपभोक्ता पनि आइरहेका छन् । उपभोक्ता आउने वित्तिकै चामल पाउने भएकोले बजारको चामल किन्न भन्दा संस्थानको चामल किन्न बढि रुचाउँछन् ।’

Next Post

जन्मोत्सवमा मातृकाले न्यानो कम्मल बाँडे

११ माघ २०७७, आईतवार २०:३०
जुम्लाका एक जनाले आफ्नो जन्मदिनको अवसरमा न्यानो कम्मल वितरण गरेका छन् । कनकासुन्दरी गाउँपालिका ८ का मातृकाप्रसाद उपाध्यायले ७० बर्ष माथिका नागरिकलाई न्यानो कम्मल बाँडेका हुन् । जेष्ठ नागरिक,पुर्ण अपांङ्गता भएका व्यक्ति, आंशिक अपाङता व्यक्ति र एकल महिलालाई न्यानो कम्मल उपलब्ध गराएको स्थानीय उपेन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार […]