ओलीविरुद्ध वामदेवको आक्रामक प्रस्तुत, ओलीको व्यवहारप्रति कडा आलोचना

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम सोमबारको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन्।

विधान संशोधन प्रस्तावमा छलफल गर्न बसेको बैठकमा गौतमले वरिष्ठ नेता माधव नेपालप्रति अध्यक्ष ओलीले देखाएको व्यवहारको कडा आलोचना गरेका हुन्। अध्यक्ष ओलीले मनपरी गरेको भन्दै विधान संशोधन गर्दा अध्यक्षका अधिकारहरूमा त्यसलाई पनि विधानमै राख्न माग गरे।

‘हाम्रो पार्टीका अध्यक्षलाई आममाफी दिने अधिकार हुनेछ भन्ने र पार्टी अनुशासनात्मक कारबाही गर्दा प्रकृति हेरेर कतिलाई अपराधी भन्न सकिनेछ, कतिलाई गद्दार भन्न सकिनेछ र कतिलाई देशद्रोही पनि भन्न सकिनेछ’ भन्ने उल्लेख गर्नुपर्यो।ु वामदेवको भनाई उधृत गर्दै एक नेताले भने।

ओलीले नेता नेपाललाई गद्दार, देशद्रोहीको आरोप लगाउनुका साथै पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्ने भन्दै अहिलेसम्म भएका गल्तीमा आममाफी दिने घोषणा गरेका थिए। ओलीका अभिव्यक्ति र व्यवहार कुनै पनि कम्युनिष्ट पार्टिको विधानमा उल्लेख नभएको र यस्ता आरोपहरू लगाउने नगरिएको भन्दै गौतमले यो विषय उठाएका हुन्।

सम्बन्धित शीर्षक