निर्वाचनको तयारी गर्दै निर्वाचन कार्यालय जुम्ला

  ।   ९ माघ २०७७, शुक्रबार ०७:१६

जिल्ला निर्वाचन कार्यालय जुम्लाले निर्वाचनको तयारी थालेको छ । निर्वाचन तयारी स्वरुप पहिलो पटक राजनीतिक दल र सरोकारवाला संग अन्र्तक्रिया गरेको हो । वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले संसद विघटन गरेर मध्यवधि सुनाव तोके संगै आयोगले निर्वाचन कार्यालय जुम्लाले पनि सक्रियता बढाएको हो ।
जिल्ला मतदान केन्द्र निर्धारण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको अध्यक्षतामा अन्तरक्रिया गरी मतदानको सूची र मापदण्ड जुम्लाका ८ वटै स्थानीय तह र जिल्ला स्थित राजनीतिक दललाई आवश्यक सुझावका लागि पठाइ सकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कैलाश वहादुर ठकुराठीले जानकारी दिए ।
राजनीतिक दल तथा स्थानीय तहका जनप्रतिनिधिहरुबाट आउने सुझावलाई परिमार्जन गरेर मतदान केन्द्र र मतदान स्थलको निर्धारण गरिने उनले बताए । यो कार्यले निर्वाचन प्रतिको विश्वास बढ्ने, निर्वाचन निष्पक्ष, धाँधली रहित र स्वतन्त्र रूपमा सम्पन्न हुने ठहर निर्वाचन कार्यालय जुम्लाको छ ।
वि.सं २०७४ को संसदीय निर्वाचनमा जुम्लामा ५९ हजार ५९ मतदाता थिए । अहिले ६२ हजार ५ सय ४७ जना मतदाता कामय हुन सक्ने ठकुराठीले अनुमान गरे । उनका अनुसार पहिले ७६ मतदान केन्द्र रहेको भन्दै अब ९५ मतदान स्थल कायम हुन सक्ने अनुमान गरिएको छ ।
राजनीतिक दल, स्थानीय तह र सुरक्षा निकायको सुझाव आउन बाँकी नै छ, प्रमुख ठकुरीले भने,‘यसमा परिवर्तन हुन सक्छ । निर्वाचन कार्यालयले जिल्लाका सबै स्थानीय तहमा आगामी माघ १५ देखि २१ गतेसम्म र जिल्ला सदरमुकाममा माघ १५ देखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने सुचना सार्वजनिक गरेको छ ।
जिल्लाका आठवटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने, निर्वाचन शिक्षा र सचेतनाका अभियानहरु चलाउनेलगायत कार्यक्रम तय गरिएको हो । आगामी माघ १६ र १७ गते दुई दिन प्रत्येक स्थानीय तहको केन्द्रमा आफ्नो नामावली सच्च्याउने, दोहोरो नामावली हटाउने तथा दाबी विरोधका लागि निवेदन दिन सकिने छ । स्थानीय तहको केन्द्रलाई आधार मानेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिनेछ ।
मतदाताले मतदाता नामावलीमा आफ्नो नाम विवरण हेर्न एवं अद्यावधिक गर्न, मतदाता नामावलीमा भएका दोहोरोपन वा त्रुटि सच्याउने, मतदाता नामावली ऐनले व्यवस्था गरेका कार्यहरु सम्पन्न गरी हालसम्म सङ्कलित मतदाता नामावलीलाई वैधानिकता प्रदान गर्नेछ ।
त्रुटि सच्च्याउने, दोहोरो नाम हटाउने काम सम्पन्न भएपछि निर्वाचन कार्यालयको सर्भरमा विवरण अद्यावधिक गर्ने र त्यसपछि निर्वाचन आयोगमा डाटा एकीकरण गर्ने, दोहोरोे विवरण हटाउने तथा आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गराइएको विवरण आयोगको वेबसाइट मार्फत प्रकाशन गरिने जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले आगामी निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सुझाव दिएका छन्

Next Post

कोभिड १९ ले जुम्लाबासी प्रभावित

९ माघ २०७७, शुक्रबार ०७:१६
जुम्लामा कोरोना भाइरसबाट किशोर किशोरी बढि प्रभावित भएका छन् । उनीहरु संगै बालबालिका र बृद्धबृद्धा पनि प्रभावित बनेको मनोबिमर्शकर्ता नन्द आचार्य बताउँछन् । कोरोना भाइरस संगै गत चैत देखि भएको लकडाउनका कारण उनीहरु मानसिक तथा शारीरिक रुपमा बढि प्रभावित भएका हुन् । चैत देखि यता कोबिडको समायमा बढी मानसिक सारिक […]