कुटपिट र सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कुटपिट र सवारी ज्यान मुद्दाका दुई जना अभियुक्तलाई पक्राउ गरेको छ । सुर्खेत जिल्ला अदालतले फैसला सुनाएको तर फरार रहेका उनीहरुलाई प्रहरीले विशेष सुराकीको आधारमा पक्राउ गरेको हो ।

कुटपिट मुद्दामा अदालतले एक महिना चार दिन कैद फैसला सुनाएको वीरेन्द्रनगर नगरपालिका–७ बस्ने ३१ वर्षीय हर्कबहादुर बि.क. र सवारी ज्यान मुद्दामा एक वर्ष कैद फैसला भएका वीरेन्द्रनगर–२ बांगेशीमलका ३४ वर्षीय धर्मराज न्यौपानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनकाअनुसार विकलाई ईलाका प्रहरी कार्यालय अवलचिंङ र न्यौपानेलाई वीरेन्द्रनगर–३ बाट पक्राउ गरिएको हो । दुवै जनालाई अदालतमा पेश गरिएको घर्तीले जानकारी दिए ।

सम्बन्धित शीर्षक