चीनबाट आज थप आठ लाख डोज खोप आइपुग्यो, थप आठलाख साउन २४ गते आइपुग्ने

  ।   १६ श्रावण २०७८, शनिबार ०७:१९

काठमाडौं । आज चीनबाट थप ८ लाख भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपालले खरिद गरेको ४० लाख डोजमध्येको अन्तिम खेप अन्तर्गत सो परिमाणको खोप आइपुगेको हो ।

बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको जहाज आज दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए । थप ८ लाख डोज खोप ल्याउन निगमको जहाज साउन २४ गते बेइजिङ जाने कार्यक्रम रहेको पौडेलले जानकारी दिए ।

थप ८ लाख डोज खरिद वा अनुदानमा आउन लागेको हो भन्ने कुरा उनले खुलाएनन् । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्दै चिनियाँ राजदूत होउ यान्छीले १६ लाख डोज खोप अनुदानमा दिने जनाएकी थिइन् ।

Next Post

कुटपिट र सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

१६ श्रावण २०७८, शनिबार ०७:१९
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कुटपिट र सवारी ज्यान मुद्दाका दुई जना अभियुक्तलाई पक्राउ गरेको छ । सुर्खेत जिल्ला अदालतले फैसला सुनाएको तर फरार रहेका उनीहरुलाई प्रहरीले विशेष सुराकीको आधारमा पक्राउ गरेको हो । कुटपिट मुद्दामा अदालतले एक महिना चार दिन कैद फैसला सुनाएको वीरेन्द्रनगर नगरपालिका–७ बस्ने ३१ वर्षीय हर्कबहादुर […]