रिलायन्स लाइफद्वारा २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी

सुर्खेत । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ ।

बाँकेको कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको छ।  रिलायन्स लाइफ इन्स्योरेन्सले एक प्रेस विज्ञप्तिजारी गर्दै २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरिएको बताएको हो ।

मृत्यु दावी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका संचालक समितिका अध्यक्ष श्री ताराचन्द केडिया, संचालक जगदीश कुमार अग्रवाल लगायत कम्पनीका पधाधिकारीको उपस्तिथि रहेको थियो ।

सम्बन्धित शीर्षक