कर्णाली नदीमा जिप खस्यो, दुई जना बेपत्ता

  ।   १५ श्रावण २०७८, शुक्रबार १७:१९

धनगढी । कैलालीको कर्णाली नदीमा स्कारपियो गाडी (जिप) खसेको छ। नदीमा स्कारपियो खस्दा दुई जना बेपत्ता भएका छन्। पाँच जना सवार रहेको स्कारपियो नदीमा खस्दा २ जना बेपत्ता भएको बताउँदै खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

डोटीको आदर्श गाउँपालिकाका चन्द्रप्रकाश जोशीले चलाएको स्कारपियो चिसापानीदेखि सोल्टा जाने सडक खण्डको बाँकामा पल्टिएको प्रहरीले जनाएको छ। जोशी आफ्नो परिवारसहित नेपालगञ्जबाट उपचार गरेर घर फर्किने बेला चिसापानी घुम्नेक्रममा स्कारपियो कर्णालीमा खसेको हो।

गाडीमा सवार १२ वर्षीया लक्ष्मी जोशी, ४ वर्षीया सावित्रि जोशी र ३ वर्षीय भुवन जोशीको उद्दार गरिएको छ भने चन्द्रप्रकाश र रुपी जोशी बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अधिकारीले बताए।

प्रहरीका अनुसार घटनास्थलमा भेटिएको कागजपत्रमा गाडी नम्बर बा ११च ९३८ नम्बर उल्लेख भएको छ। उद्दार गरिएका तीनै जनाको अवस्था जटिल रहेकोले उनीहरुलाई उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ।

Next Post

रिलायन्स लाइफद्वारा २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी

१५ श्रावण २०७८, शुक्रबार १७:१९
सुर्खेत । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ । बाँकेको कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको छ।  रिलायन्स लाइफ इन्स्योरेन्सले एक प्रेस विज्ञप्तिजारी गर्दै २ करोड […]