जुम्ला विमानस्थल स्तरवृद्धि कार्य अलपत्र, डीपीआर नै कार्यान्वयनमा आएन

जुम्ला । कर्णालीकै सबैभन्दा बेस्थ तथा यात्रुको बढी चाप हुने जुम्ला विमानस्थल स्तरबृद्धि गर्न बनेको डिपिआरनै अलपत्र परेको छ । दुई वर्ष पहिलेनै नागरिक उड्डयन प्राधिकरण तथा बुद्ध एयरले जुम्ला बिमानस्थल स्तरउन्नति गर्ने डीपीआर गरेको थियो ।

करिब १ करोड बढी बजेट लाग्ने अनुमानसहित डिपिआर भएपनि वर्षौं बितिसक्दा नत अहिले विमानस्थलको स्तरवृद्धि भयो । नत प्राधिरकणले चासो नै दिएको छ । साघुरो धावनमार्ग भएकै कारण गएको २०७५ साल जेठ २६ गते २०७५ साल जेठ २६ तारा एयरको जहाज जुम्ला विमानस्थकै धावनमार्गमा दुर्घटना भयो ।

नेपालगज्ज देखि जुम्ला उडान भरेको नाईन एमएइभी कल साइन तारा एयरको टुइनेटर जहाँज धावमार्गमै दुर्घटना भएपछि तत्काल विमानस्थल स्तरबृद्धि गर्ने बहस शुरु भयो । नागरिक उड्यन प्राधिरकणको टोली पनि धेरै पटक डिपिआरका लागि आयो । डीपीआर पनि भयो ।

तर, विमानस्थलको अपेक्षित स्तरवृद्धि भने हुन सकेन् । दैनिक ३ देखि ५ वटा उडान हुने जुम्ला विमानस्ल स्तरवृद्धि नहुँदा जोखिम मोलेरै भएपनि पाइलटहरूले उडान भर्ने गरेका छन् । टुइनेटर जहाँज उडानको करिब ३० वर्ष अनुभव गरेका तारा एयरका पाइलट प्रभाकर घिमिरे भन्छन्,“एयरपोर्ट धावनमार्ग जति लामो भयो उतिनै सुरक्षित र भर पर्दो हुन्छ । तर, जुम्लालगायत हिमाली जिल्लाका धावनमार्ग धेरै लामा छैनन् । जोमिखकाबीच पनि उडान तथा अबरतण गर्छौं ।”

कर्णालीका अन्य जिल्लाबाट भन्दा जुम्ला बिमानस्थल सुरक्षित भए पनि दुर्घटना भएको सुनिन्छन् । यस्ता घटनाहरूले बिमानस्थल स्तरबृद्धि हुनुपर्ने जनाउछ । पाइलट घिमिरेले थपे,“जस्तो सुकै छोटो धावनमार्ग भएपनि विभिन्न टेक्नीकल तरिकाले उडान अवतरण गछौ । फराकिलो र जती सक्यो लामो धावनमार्ग हुँदा हामी खुसी ढुक्क हुन्छौ । तर नेपालका अधिकाशं बिमानस्थल साघुरा छन् ।”

साथै जुम्ला विमानस्थलका प्रमुख प्रकाश शर्माले जुम्लामा यात्रु चापलाई मध्यनजर गर्दा ठुलो जहाजको उडान सम्भव भएको र त्यसका लागि विमानस्थलको स्तरबृद्धि आबश्यक रहेको बताए । हाल जुम्लालगायत कर्णालीमा १८ सिटे जहाज संचालित छन् । अन्य जिल्ला मध्य जुम्लामा यात्रुको चाप अत्यधिक छ । भने धेरैले टिकट नपाउने समस्या छ । त्यसैले एयरपोर्टको स्तरउन्नति गरेर ठूला जहाज सञ्चालनको सम्भावना रहेको समेत एयरपोर्ट प्रमुख शर्माको भनाइ छ ।

जुम्ला विमानस्थल स्तरउन्नतीको विकल्प छैन । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा भन्छन्,“दुई वर्षपहिलेनै डिपिआर गरेको नागरिक उड्यन प्राधिकरण र बुद्ध एयरले अहिले सम्म चासो दिएका छैनन् । अहिले सम्म डिपिआरकै अत्तोपत्तोसमेत छैन् । प्राधिकरणको ध्यान केन्द्रित हुनुपर्छ ।” नागरिक तहबाटै बिमानस्थलको स्तरबृद्धि हुनुपर्ने माग भईरहेकोले प्रात्रिरकणले ढिला नगरी विमानस्थलको स्तरबृद्धिको काम गर्नुपर्नेमा जिसस उपप्रमुख बुढाले जोड दिए ।

धावनमार्ग छोटो हुँदा हुदै पनि पाईटलहरूले जोखिमबीच उडान गरेको सुनेका छौ । स्तरवृद्धिको आसआश्सन मात्रै दिने काम नगर्ने प्राधिरकणलाई छिटै प्रक्रिया सुरु गर्नसमेत उनको माग छ । जुम्ला विमानस्थल संगै मुगुको ताल्चा, हुम्लाको सिमिकोट, डोल्पाको जुफाल विमानस्थलमा साघुरो धावनमार्ग भएकै कारण जोमिखका बीच उडान भइरहेका छन् ।

सम्बन्धित शीर्षक