असंवैधानिक कदमका विरुद्ध एकजुट हुन अपिल


जुम्लाका निवर्तमान सांसद गजेन्द्रबहादुर महत प्रधानमन्त्री केपी ओली निरंकुश र तानाशाही बनेको आरोप लगाएका छन् । उनले ओली समुहको तानाशाह धेरै दिन नटिक्ने बताए । नेकपा पातारासी गाउँपालिकाले आयोजना गरेको विरोध सभालाई संवोधन गर्दै निर्वतमान सांसद महतले ओलीको तानाशाह जनताले उखेलेर फ्याक्ने बताए ।
उनले भने,‘प्रधानमन्त्री ओलीले गरिब निमुखा जनताको संविधान माथि कु गरे । व्यक्तिगत स्वार्थको लागि असंवैधानिक कदम चाले । यो पटक्कै राम्रो गरेनन् । ’ कम्युनिस्ट आन्दोलनको लागि तानाशाही र निरङ्कुश बने प्रधानमन्त्री ओली, उनले थपे,‘ अब जनताको आन्दोलनले ओली प्रवृत्तिलाई बढारेर लैजानेमा दुइमत छैन् । उनको तानाशाह धेरै दिन टिक्ने छैन।’
जनताको संविधानलाई नष्ट गर्ने गरि गरिएको प्रधानमन्त्रीको प्रतिगामी कदम कदापी स्वीकार्य छैन् । असंवैधानिक कदमविरुद्ध हामी एकढिक्का भएर लाग्नुपर्छ,निवर्तमान सांसद महतले भने,‘ ओलीले राजा महाराजा जस्तै शैली अपनाए । संविधानमाथि गरेको प्रहार गरे । त्यसैका विरुद्ध आन्दोलनको आधिँबेहारी सिर्जना गर्नुछ । यो कार्यमा जनताको एक्केबद्धता र प्रतिबद्धताको खाँचो छ ।

सम्बन्धित शीर्षक