चन्दननाथ सहकारीका हरेक सदस्य उद्यमी

जुम्ला स्थित चन्दननाथ बहुद्धेशिय सहकारी संस्था लिमिटेड जुम्लाले हरेक सदस्य अनिवार्य उद्यमी बन्नु पर्ने नीति लिएको छ । सहकारी उद्यम, इलम र रकम संग जोडिएकोले हरेक सदस्यले उद्यमी बनेर आर्थिक रुपमा सशक्त हुनु पर्ने नीति लिएको हो ।
सहकारीको बार्षिक प्रगति प्रस्तुत गर्दै कार्यकारी अधिकृत श्रीराम पाण्डेले एक घर एक सदस्य, एक सदस्य एक उद्यमको नीति लिएको बताए । उनले भने,‘हरेक सदस्य आर्थिक रुपमा सवल र सक्षम बनाउन लागि परेका छौँ । सहकारीका प्रत्येक सदस्य आफैमा उद्यमी त छदैछन् । तर ती उद्यमीलाई अझै सशक्त बनाउन सहजीकरण भइरहेको छ । ’
उनले सहकारीले जुम्लामा बुहप्राविधिक विद्यालय ल्याउने तयारी थालेको समेत बताए । आगामी दिनमा कर्णाली प्रदेशभर कार्यक्षेत्र विस्तार गर्ने र कर्णाली प्रदेशका ग्रामिण क्षेत्रमा सबैको पहुँचमा सहकारीलाई पुर्याउने सोच रहेको उनले बताए । जुम्लाका हरेक बस्तीमा चन्दननाथ सहकारी पुगेको छ । वितीय क्षेत्रमा सर्वसाधारणलाई जागरुक बनाउँदै आएको छ । चन्दननाथ सहकारीका प्रवन्धक विश्वराज खत्री हरेक नागरिकको जनजीब्रोमा चन्दननाथ सहकारी झुण्डिएको देख्दा खुसी हुने गरेको बताउँछन । उनका अनुसार जिल्लाको पातारासी,कनकासुन्दरी र सिँजा गाउँपाकिलामा पोलिक्लिनिक खोल्ने अन्तिम तयारी भइरहेको छ । यो पोलिक्लिनिकमा मेडिकल भन्दा सस्तोमा उपचार र औषधि पाइनेछ । यो संगै स्थानीयबाली चिनो,कागुनो,फापर,सिमी लगायतका रैथाने बालीको संरक्षण,प्रवद्र्धन र बजारीकरणमा जोड दिइएको उनले बताए ।
खुद नाफा १ करोड ३० लाख
जुम्लाको चन्दननाथ बहुद्धेशिय सहकारीले यो बर्ष १ करोड ३० लाख २२ हजार ३० रुपैयाँ खुद नाफा कमाएको छ । अहिले संस्थाको कुल आम्दानी ७९ लाख ७० हजार ९ सय ९७ रुपैयाँ छ । संस्थाको कुल खर्च ६ करोड ९४ लाख १८ हजार ७ सय ६६ रुपैयाँ देखिएको कार्यकारी अधिकृत श्रषिराम पाण्डेले बताए ।
शेयर पुजी २ करोड ८६ लाख ९९ हजार ८० रुपैया छ। पाण्डेले भने,‘बचत तर्फ १५ करोड ७२ लाख ६३ हजार १९ छ । यस्तै होटल कारोबार ९४ करोड ९८ लाख ४७ हजार २ सय १९ छ । लगानी बाँकी ३२ करोड ९५ लाख ३८ हजार ७ सय १९ रुपैयाँ रहेको छ ।
चन्दननाथ बहुउद्देश्यीय सहकारी सस्थाका प्रवन्धक विश्वराज खत्रीले कुल लगानी १३ लाख ३७ हजार ५ सय २५ रुपैयाँ रहेको बताए । असुली १० लाख २४ हजार ६ सय २३ रुपैयाँ छ । सँस्थाका १४ वटा सेवा केन्द्र छन ।२ वटा अर्गानिक पसल, ४ वटा सुपथ मुल्यका पसल, २ वटा स्वास्थ केन्द्र, २ वटा बोडिङ स्कुल र २ वटा यातायत छन । संस्थामा जम्मा सदस्य संख्या १५ हजार ८ सय ४४ जना छन ।A

सम्बन्धित शीर्षक