रूकुम घटना : हत्या अभियाेगमा १७ वर्षीय भतिज नाता पर्ने पक्राउ

  ।   १४ श्रावण २०७८, बिहीबार १७:४१

सुर्खेत । दुइ दिन अघि रूकुमपश्चिममा भएकाे हत्याकाे घटनामा संलग्न एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले त्रिवेणी गाउँपालिका–४ की मन्कला खत्री खड्काको हत्या अभियोगमा उनकै भतिजा नाता पर्ने पक्राउ परेका हुन् ।

दुइ दिन अघि हत्या गरिएकी मनकला खत्री खड्का ।

गाेठमा भैंसीलाई घाँस हाल्न गएकी मन्कला खत्री खड्का गोठमै मृत अवस्थामा फेला परेकी थिइन । उनको बलात्कार पछि हत्या भएको स्थानीयले आशंका गरिरहेको समयमा घटनाले नयाँ मोड लिएको प्रदेश प्रहरीले जनाएकाे  छ। बलात्कार भएको बारे पोस्टमार्टम रिर्पोट आएपछि मात्रै थाहा हुने प्रहरीले बतायो ।

प्रहरीका अनुसार उनको हत्या उनकै माइला जेठाजुको १७ वर्षीया छोराले गरेको देखिएको हो । युवकका साथबाट प्रहरीले मन्कलीले लगाउने गहना, अन्य गहनासमेत फेला पारिसकेको छ भने ती युवकले मन्कलाको घरको बाकस समेत फोडेको पाइएको छ ।

‘एक वर्ष देखि मन्कला र ती युवकको घर बीच बोलचाल बन्द रहेछ । उनले पहिले पनि मन्कलाको घरमा चोरी गरेका रहेछन्,’ प्रहरी स्रोत भन्छ, ‘उनले आफैले हत्या गरेको पनि स्वीकार गरेका छन् ।’ यद्यपी प्रहरीले पक्राउ परेका युवकबारे थप जानकारी भने पत्रकार सम्मेलन गरेर दिनेछ । मन्कलाको हत्या भएपछि प्रदेश प्रहरीको अनुसन्धान टोली र तालिमप्राप्त कुकुर, केन्द्रीय टोली र रुकुम प्रहरी परिचालित भएको थियो ।

Next Post

सुर्खेत विमानस्थल : हरेक वर्ष बजेटमा समावेश तर उपलव्धी शुन्य

१४ श्रावण २०७८, बिहीबार १७:४१
सुर्खेत । सङ्घीय र कर्णाली प्रदेश सरकारको साझेदारीमा शुरु हुने भनिएको सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारसम्बन्धी आयोजना अन्यौलमा परेको छ । लगत सङ्कलनलगायत प्रारम्भिक कार्यमा स्थानीय बासिन्दाले अवरोध पु¥याएपछि झण्डै एक वर्षदेखि विमानस्थल विस्तार तथा स्तरोन्नतिको काम ठप्प भएको हो । विमानस्थल विकास तथा विस्तारमा कुनै प्रगति नहुँदा आर्थिक वर्ष २०७७÷७८ मा सङ्घीय […]